सरकार बिरुद्ध कञ्चनपुरमा उर्लियो कांग्रेसको आन्दोलन



मनोज भट्ट, महेन्द्रनगर ।
स्थानिय तहमा माफियातन्त्र घुसेर योजनाहरुमा कमिसनको खेल भएको आरोप लगाउँदै नेपाली कागं्रेस कञ्चनपुरले गुलरियामा सोमबार सरकार बिरुद्ध प्रदर्शन गरेको छ । कृष्णपुर नगरपालिकाको मेयर पदका प्रत्यासी नेता हेमराज ओझाको संयोजकत्वमा सोमबार गुलरिया बजारमा करिब ३ घण्टा नाराबाजी सहित प्रदर्शन गरिएको हो ।

गत आर्थिक बर्षमा भएका बिकास निर्माणका कामहरुमा अनियमितता भएको भन्दै स्थानिय सरकार बिरुद्ध नाराबाजी गरिएको छ । नगरपालिकाले एकलौटी रुपमा बिभिन्न निर्णय गर्दै पार्टी निकटका कार्यक्रता पाल्ने काम गरिरहेको कागं्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराको आरोप लागाउनुभयो । त्यस्तै नेपाली कागं्रेसले देशमा महिलामाथी घटिरहेका घटना न्युनिकरणमा समेत सरकारले चासो नदेखाएको भन्दै सरकारको चर्को बिरोध गरेको छ । कम्युनिष्ट सरकारले महंगी, भ्रष्टाचार, कालोबजारीलाई संरक्षण गरीरहेको समेत सभापति बोहराको आरोप छ ।


नक्कली उपभोग्ता समिति बनाएर नेपाल कम्युनिष्ट पार्टी निकटका ठेकेदारहरुलाई ठेक्का दिएर काममा अनियमितता गरेको मेयरमा पराजित नेता हेमराज ओझाले बताए । योजना दिनमा समेत पार्टी निकटका व्याक्तीहरुलाई मात्र बाँडेको उनले बताए । अन्य पार्टी निकटका व्याक्तीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रताहरुले उल्टो धम्की दिने गरेको समेत उनले बताए ।

कम्युनिष्ट सरकारका कारण सर्वसाधारणलाई दैनिक काम गर्नै असहज भएको नेपाली कागं्रेस महासमिति सदस्य नबराज जोशीले बताए । हत्या हिसां बलत्कारका घटना बढ्दै गएपनि सरकार मौन रहेको उनले बताए । दुई तिहाइको सरकारले माफियातन्त्रको अन्त्य संगै भ्रष्टाचार मुक्त नेपाल बनाउने नारा नारामै सिमित भएको उनले बताए । स्थानिय तहले जनतालाई करको भार थुपार्ने काम मात्रै गरेको उनले बताए ।

बलत्कारका घटना बढ्दै जाँदा आतंकित बनेको बिद्यार्थीहरुले बताएका छन् । बालिकाको शुरक्षा कायम गर्दै बलत्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै बिद्यार्थीहरु समेत जुलुसमा सहभागी थिए । टाढाबाट दैनिक बिद्यालय आवत जावत गर्नुपर्ने भएकाले बलत्कालका घटनाले आवतजावत गर्नै असहज भएको बिद्यार्थी पशुपति कुमारी जोशीले बताइन् ।

कृष्णपुर नगरपालिकाले बिकास निर्माणका काममा अनियमितता गरेको नेपाली कागं्रेसले आरोप लगाएपनि नगरपालिकाका मेयर कर्ण बहादुर हमालले भने, प्रतिपक्षले आफ्नो धर्मका लागी आरोप लगाइरहेको बताए । नगरपालिकाले शुरुबाटै भ्रष्टाचार मुक्त बनाउने अभियानको थालनी संगै बिकास निर्माणका काम सुरु गरेको भन्दै उनले आफु मेयर हुँदासम्म कुनै अनियमितता नहुने दाबी गरे । योजना छनौट देखी निर्माण कार्यमा कुनै अनियमितता भएको भेटिएमा कार्वाही भोग्न तयार रहेको उनले बताए । तर बिना प्रमाण आरोप नलगाउन समेत उनले आग्रह गरे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्