एलआरआई, निम्स र महामञ्जुश्रीलाई उपाधि



काठमाडौं, (नेस)
एलआरआई, निम्स र महामञ्जुश्रीले छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

एलआरआई सिनियर ब्वाइज, निम्स सिनियर गल्र्स र महामञ्जुश्री जुनियर ब्वाइजमा च्याम्पियन बन्न सफल भए । स्यूचाटारस्थित आयोजक रेडिअन्ट स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा एलआरआईले पिपुल्सलाई ५३–४६ ले पराजित गरेको थियो । एलआरआईको जितमा धिरन कठायतले २३ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा निम्सले स्किब्सलाई ४३–२७ ले हरायो । निम्सकी डोल्मा तामाङले २१ स्कोर गरिन् ।

जुनियर ब्वाइज फाइनलमा महाञ्जुश्रीले आयोजक रेडिअन्टलाई २७–१७ ले हरायो । विजयी टिमका लागि गोकुल भुजेलले १० अंक जोडे । सिनियर ब्वाइजमा एलआरआईका लुजन महर्जन, सिनियर गल्र्समा निम्सकी डोल्मा तामाङ र जुनियर ब्वाइजमा महामञ्जुश्रीका गोकुल भुजेज ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा हर्टल्यान्ड, सिनियर गल्र्समा नेक्सस र जुनियर ब्वाइजमा एआईले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नागर्जुन नगरपालिकाकी उप मेयर सुशीला अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । गत भदौ २२ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्