दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि खुल्ने



काठमाडौं ।
दशैं नजिकिदै गर्दा हरेक वर्ष धेरै नेपाली आफ्नो दशैँ मनाउन आफ्नो घर जाने हुँदा टिकट पाउन हम्मे हम्मे हुने गर्दछ । सरकारले यस वर्ष पनि त्यहि चापलाई मध्यनजर गर्दै आज आईतबार यातायात व्यवसायी समितिसंग एक वार्ता गर्दै काठमाडौं उपत्यकाबाट अन्यत्र जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।

‘यहि असोज ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति गरेको छ । उक्त सहमति यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

प्रतिक्रिया दिनुहोस्