निर्मला हत्या प्रकरणः बैतडीमा बिरोध प्रदर्शन



विनोद सिंह विष्ट, बैतडी ।
कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दैै आज बैतडीमा प्रदर्शन गरिएको छ । नेपाल महिला संघको अगुवाईमा भएको प्रदर्शनमा नागरिक समाजको समेत समर्थन रहेको थियो ।

सदरमुकामस्थित गोठलापानी बजारमा बिरोध प्रदर्शनपछी जिल्ला प्रसासन अगाडी समेत बिरोध प्रदर्शन हो । बलत्कारपछी हत्या गरिएकी बालिकाको ५२ दिनसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सरकारले तदारुकता बढाउनुपर्ने माग गर्दै प्रर्दशन गरिएको नेपाल महिला संघकी केन्द्रीय सदस्य कान्ता चन्दले बताईन् ।

गत साउन १० गते बलात्कारपछी हत्या गरिएकी बालिकाको सरकारले पत्ता लगाउन नसकेको भन्दै छिटोभन्दा छिटो दोषी पत्ता लगाई कार्वाहीको माग गरिएको छ । बालिका पन्तको बलत्कारपछी हत्या गरिएका भनिएका मुख्य अभियुक्त मानसिक सन्तुलन ठिक नभएका भिमदत्तनगरका ४१ बर्षीय दिलिपसिंह विष्ट प्रहरीले सार्वजनिक गरेपछी कञ्चनपुरमा आन्दोलन समेत चर्किएको थियो ।

आन्दोलनका उग्र बन्दै गएपछी प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरका १४ बर्षीय बालक सन्नी खुनाको मृत्यु भएको थियो भने केही घाईते भएका थिए ।
मुख्य अभियुक्त भनिएका विष्टको डीएनए परिक्षणपश्चात उनी निर्दोष साबित भएपछी पुन देशभर आन्दोलन हुदै आएको छ ।

सरकारले दोषी पत्ता लगाउन उच्चस्तरिय समिति गठन गरेको भएपनी हालसम्म पत्ता लगाउन सकेको छैन्।
पिडित पक्षले वास्तविक दोषी पत्ता लगाउन प्रहरीनै सक्रिय रहेको भन्दै आन्दोलन गरेपछी सरकारले कञ्चनपुरका प्रहरी प्रमुखसहित केही प्रहरी अधिकारीलाई निलम्बन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्