घुससहित ९ जना प्रहरी समातेपछि कोटेश्वर र काँडाघारीका प्रमुख फेरिए



नेपाल समाचारपत्र, काठमाडौं ।

बालुवा तस्करसँग घुस लिइरहेका बेला ९ जना प्रहरी पक्राउपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका प्रहरी प्रमुख फेरिएका छन्।

महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका प्रहरी इन्चार्जलाई फिर्ता बोलाएर त्यहा नयाँ इन्चार्ज पठाएको हो।

कोटेश्वर र काँडाघारी वृत्तका प्रहरीले बालुवा व्यवसायीसँग घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले शनिबार ९ जना प्रहरीलाई पक्राउ गरेको थियो।

सोही विषयमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख निरीक्षक राजु लामालाई हटाएर एलिजा गिरीलाई खटाइएको छ।

काँडाघारीका इन्चार्ज हरि ओझाको ठाउँमा सुधीर राईलाई प्रमुख बनाएर पठाइएको छ।

त्यहाँ कार्यरत अन्य प्रहरीलाई छानबिन गरी अन्यत्र सार्ने तयारी भइरहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्