१ महिनामा कतिपटकसम्म सेक्स गर्न सकिन्छ ? यस्तो छ वैज्ञानिक अध्ययन



हालसालै गरिएको एक नयाँ अध्ययन अनुसार कतिपय महिलाहरु एक महिनामा ५५ पटकसम्म यौन चरम आनन्द प्राप्त गर्न सक्ने प्रमाणित गरेको छ ।
अझ रोचक कुरा त के भने यति धेरैपटक चरम आनन्द हासिल गर्ने महिलाहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका थिएनन् ।
उनीहरुले पुरुषसँग होइन महिला पार्टनरसँग नै संभोग गरेका थिए । यो अध्ययनसँग जोडिएका केही रोचक नतिजा यस्ता छन्ः
शोधकर्ताहरुले ३ हजार महिलाहरुलाई २ फरक फरक समूहमा विभाजन गरे । पहिलो समूहमा मुख्य पार्टनर पुरुष भएका महिला थिए भने अर्को समूहमा महिला नै प्राइभरी पार्टनर भएका महिला थिए । त्यसपछि उनीहरुलाई कतिपटक चरम आनन्द प्राप्त गरिन्छ रु कतिपटक यौनििक्रडामा सहभागी भइन्छ रु कस्तो खाले यौनक्रिया मन पर्दछ रु भनेर प्रश्न गरियो । उनीहरुका यौन गतिविधि ४ हप्तासम्म निगरानी गरियो ।

अध्ययनबाट यो थाहा भयो कि लेस्बियन महिलाहरुले एक महिनामा १० पटक सेक्स गरे जबकि सामान्य जोडीले १ महिनामा १५ पटक सेक्स गरे । तर सेक्सको दर वा पटकसँग महिलाले प्राप्त गर्ने चरम आनन्दको कुनै सम्बन्ध देखिएन । महिला पार्टनरसँगै भएका महिलाहरुले पुरुष पार्टनरसँग भएका महिलाले ३ गुणा बढी चरम आनन्द महसुस गरेको पाइयो ।

ती महिलाका पार्टनरका रुपमा रहेका ७३ प्रतिशत पुरुषले मात्र आफ्नो महिला पार्टनर यौन सम्बन्धका बेला हरेक पटक चरम आनन्द प्राप्त गर्ने बताए ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषबीच हुने यौन सम्बन्धका क्रममा पुरुषहरुको ध्यान केवल आफ्नो यौनांग महिलाको यौनांगमा छिराउने कुरामा जाने र महिलाको चरम आनन्द पुरुषको प्राथमिकतामा नपर्ने देखिएको छ । त्यसैले पुरुषको चरम आनन्दलाई नै सेक्ससत्रको अन्त्य मानिन्छ र त्यसमा महिलालाई चरम आनन्द प्राप्त भयो भएन भन्ने कुरालाई महत्व दिइँदैन ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्