भारतमा हिन्दू राष्ट्रवादको बिगबिगी



वासिङटन, (एजेन्सी)
अमेरिकाको एक संसदीय प्रतिवेदनले हालैका दशकमा भारतमा हिन्दू राष्ट्रवाद बलियो राजनीतिक शक्तिका रूपमा उदय भइरहेको र यसले धर्मनिरिपेक्षता कमजोर बन्दै गरिरहेको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा देशमा बहुसंख्यक वर्गको हिंसाका बढ्दो घटनाहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष दुवै किसिमको अनुमति दिइरहेकोमा प्रतिवेदनमा चेतावनी दिइएको छ।

कंग्रेसनल रिसर्च सर्विस (सीआरएस)ले आफ्नो प्रतिवेदनमा कथित धर्म प्रेरित दमन र हिंसाका विशिष्ट क्षेत्रको उल्लेख गरेका छन्। यसमा राज्यस्तरीय धर्म परिवर्तन निशेष कानुन, गौरक्षाका लागि कानुन हातमा लिनु, अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण र गैर्सरकारी संगठनका अभियानलाई भारतको धर्मनिरपेक्ष परम्पराका लागि हानिकारक मानिनु जस्ता बुँदाहरू उल्लेख गरिएको छन्।

सीआरएस रिपोर्ट अमेरिकी कंग्रेसको आधिकारिक प्रतिवेदन होइन र यसले सबै अमेरिकी सांसदको विचारको अभिव्यक्तिलाई पनि प्रतिनिधित्व गर्दैन। यस प्रकारका प्रतिवेदन स्वतन्त्र विशेषज्ञले तयार गर्छन् र त्यसमा गहन अध्ययन तथा अनुसन्धान गरी उचित फैसला लिन सांसदहरूलाई दिइन्छ।
प्रतिवेदनको शीर्षक ‘इन्डिया ः रिलिजस फ्रिडम इस्युज’ राखिएको छ। प्रतिवेदनमा भनिएको छ– ‘संविधानद्वारा धार्मिक स्वतन्त्रताको स्पष्टरूपमा रक्षा गरिएको छ। भारतको आवादीमा हिन्दूको संख्या सबैभन्दा धेरै छ। विगत दशकमा हिन्दू राष्ट्रवाद उदयमान राजनीतिक शक्ति बनेको छ र यो कयौं अर्थमा भारतको धर्मनिरिपेक्ष प्रकृतिलाई नोक्सान पुर्याइरहेको छ र देशको धार्मिक स्वतन्त्रतामाथि हमलाको कारण बनिरहेको छ।

यो प्रतिवेदन अगस्ट ३० को हो। यो भारत अमेरिकाका दुई–दुई पदाधिकारीबीचको वार्ताअगाडि अमेरिकी कंग्रेसका सदस्यका लागि तयार गरिएको थियो। कयौं सांसदले विदेशमन्त्री माइक पोम्पियोलाई यस वार्तामा भारतीय नेताह समक्ष धार्मिक स्वतन्त्रताको मुद्दा उठाउन भनेका थिए।

प्रतिक्रिया दिनुहोस्