अलीलाई ओसामा भनेर बोलाइयोे



लन्डन, (एजेन्सी)
क्रिकेट अस्टे«लियाले इंग्ल्यान्डका अलराउन्डर मोइन अलीको अस्टे«लियन खेलाडीले उनलाई ओसामा भनेको आरोपमाथि अनुसन्धान गरेको छ ।
सन् २०१५ को एसेस सिरिजमा एक अस्टे«लियन खेलाडीले अलीलाई ओसामा भनेर बोलाएको उनले बताएपछि क्रिकेट अस्टे«लियाले अनुसन्धान थालेको हो । इंग्ल्यान्डले ३–२ ले जितेको एसेस सिरिजमा भएको घटनालाई अलीको आत्मवृत्तान्तमा उल्लेख गरिएको छ ।

क्रिकेट अस्टे«लियाका प्रवक्ताले बताए—यस्तो प्रकृतिको घटना स्विकारोक्ति छैन । यस्ता नकारात्मक कुराहरु हाम्रा खेलकुद र समाजमा कुनै स्थान हँुदैन । हामीले यो विषयलाई ज्यादै गम्भीरतापूर्वक लिएका छौ । ईसीबी (इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड) सँग पनि सम्पर्क गरिरहेका छौ ।

३१ वर्षीय अलीको आत्मवृत्तान्त ट टाइम्समा छापिएको छ । जसमा अलीले उल्लेख गरेका थिए—अस्टे«लियन खेलाडी मैदानमा म तिर आए र भने, ‘टेक द्याट, ओबामा’ । मैले सुनेको कुरामा विश्वास नै गर्न सकेन । म मैदानमै ज्यादै रिसाए पनि । यसरी म कहिल्यै रिसाएको पनि थिएन । त्यसपछि मैले दुई साथी खेलाडीलाई पनि बताए र कोच ट्रेभर बायलीसलाई पनि बताए । उनले अस्टे«लियन कोच डेरेन लेहमानसँग कुरा गरे ।

‘लेहमानले ती खेलाडीलाई सोधे—तिमीले मोइनलाई ओसामा भनेको थियौं ? उनले अस्विकार गर्दै बताए—होइन, मैले त यो लिउ, तिमी पार्ट टाइमर भनेको थिए ।

ओसामा भन्दा यो इस्लामीस्ट आतंकवादी ओसामा बिन लादेनसँग सम्बन्धित भएको थियो । बर्मिघममा जन्मेका मोईन पाकिस्तानी र अंगे्रजी संस्कृतिका मुस्लिम हुन् । एसेस सिरिज २०१५ अन्तर्गत कार्डिफमा सम्पन्न पहिलो टेस्टमा यस्तो घटना भएको थियो । जमसा अलीले ७७ रन बनाउनुका साथै ५ विकेट लिँदा इंग्ल्यान्डले अस्टे«लियालाई १ सय ६९ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्