कर्णाली राजमार्ग अब त खोलौं



कर्णाली राजमार्ग जुन सधै सञ्चारमाध्यममा चर्चा र समाचार बन्ने विषय बन्ने गरेको छ । सडकको दुर्दशा उस्तै छ । कहिले सवारी साधन दुर्घटना भएर, कहिले पहिरोले सडक अवरुद्ध भएर त कहिले यात्रु ठगिएर यात्रुले सास्ती पाईरहेका हुन्छन । यहाँ सञ्चालन हुने सवारी साधनले समयमा गन्तव्यमा नपु¥याउने र कर्मचारीको अभद्र व्यवहारले यात्रु हैरान बनेका छन् ।

नेपालगन्ज र सुर्खेतदेखि कालिकोट, जुम्ला र मुगुसम्म यात्रा गर्ने यात्रुले धेरै सास्ती भोगेका छन ।
सडकको अवस्थामा केही सुधार भएको खबर आईरहेको भएपनि सिन्डीकेट अन्त्य भपछि पनि गाडीवालाहरूको व्यवहारमा सुधार नहुँदा कर्णाली राजमार्गमा यात्रा गर्ने सर्वसाधारणले सकस भोगेका छन । अधिकांश सवारीले यात्रुलाई आधा बाटोमै अलपत्र छाड्ने समेत गरेको कुरा सुन्नमा आउछ । पैसा कमाउने लोभका कारण यात्रुलाई गन्तव्यमा पु¥याउने बाचा गरेर आधा बाटोबाटै सवारी साधन फर्किने गराउनु निक्कै दुखको कुरा हो ।

यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुलाई सास्ती भएको हो । राजमार्गको गुणस्तर विस्तारै सुधार हुँदै गएको छ । अब व्यवसायीको नियत सुधार्न जरुरी छ । यातायात व्यवसायीको एकछत्र राजका कारण प्रशासनले कुनै कदम उठाउना साथ यातायात बन्द गर्ने गरेका कारण नियमनकारी निकायले कुनै कडा कदम चाल्न नसकेको हो । अब यस विषयमा ख्याल गर्नुपर्छ । प्रशासनले ख्याल गरेर यो विषयमा विशेष ख्याल गरेर बदमासी गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने देख्न्छि ।

ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई राज्यले सवारीमा छुट दिए पनि आफूहरूले नपाएको सर्वसाधारणको गुनासो छ । छुट माग्दा सीट नपाइने भन्दै हपार्ने गरेको विद्यार्थीहरूले बताएका छन् । यात्रामा ज्येष्ठ नागरिकलाई पनि छुटको व्यवस्था भए पनि यातायात व्यवसायीको मनपरीका कारण लागू हुन सकेको छैन । यातायात व्यवसायीहरूको यस्तो लापरबाही र दादागिरी चल्दा पनि प्रशासनले यसतर्फ ध्यान दिएको पाइँदैन । यसतर्फ प्रशासनले जतिसक्दो चाँडो उचित कदम चाल्न आवश्यक छ ।

प्रहरीको पनि कम उपस्थिति हुनाले र प्रहरीले पनि स्टिक्ली कदम चाल्न नसक्दा यो विषय समस्ष्याको रुपमा मात्रै रहेको छ । संघीयता भईसकेपछि अब कर्णाली प्रदेशले यस विषयमा गम्भीर रुपमा लिएर काम गर्न जरुरी छ ।
– रामचन्द्र सुवेदी, पाल्पा ।

प्रतिक्रिया दिनुहोस्