चितवन टाईगर र थ्रीस्टार एकेडेमीको जित



काठमाडौं, (नेस)
चितवन टाईगर र थ्रीस्टार एकेडेमीले पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल जिएमई–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् ।

शनिवार भएको लिग खेलमा चितवन टाईगरले धादिङलाई २५–२२, २५–१८ र २५–१४ को सोझो सेटमा हरायो । त्यस्तै थ्रीस्टारले नेपाल छन्त्याल संघलाई २५–१३, २३–२५,२५–२२ र २७–२५ को सेटमा पराजित ग¥यो । यति बु्रअरी प्रालिको मुख्य प्रायोजनमा संचालित अन्य खेलमा एपीएफ र गिताञ्जली कलेजले पनि जित हात पारेका थिए ।

एपीएफले ग्लासियर कलेजलाई २५–१४,२५–१४ र २५–१४ ले र गिताञ्जलीले एन्जल्सहार्ट कलेजलाई २५–१३,२५–१४ र २५–२० को सोझो सेटमा हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्