मध्य सहरमा पार्क र रमाईरहेका नागरिक



रन्जन बस्नेत, काठमाडौंमा हरेक बाबुआमाको एउटै चिन्ता छ¸ छोराछोरी मोबाईल र टि.भी. मा धेरै झुण्डिए तर एकछिन मोबाईल वा टि.भी. नहेर्ने हो भने फुर्सदको समयमा कहाँ जाने त ? केटाकेटी थाक्ने गरी हिड्न र खेल्ने खुल्ला ठाउँ छैन । काठमाडौं बाहिरबाट कुनै कामले राजधानी आउने सबैको मानिसको एउटै चिन्ता हुन्छ “काठमाडौंमा फेरी गुम्सिनुपर्ने भयो¸ श्वास पनि राम्ररी फेर्न पाईन्न ।”

हाम्रो जस्तो थोरै जनसंख्या भएको देशको राजधानी सहरमा यति धेरै भीडभाड र समस्या छ भने संसारको सबैभन्दा धैरै जनसंख्या भएको देशको राजधानी सहरमा कति मुस्किल होला भन्ने सोँच्ने म जब आफैले त्यो ठाउँ हेर्ने मौका पाए वास्तविकता भने भिन्नै रहेछ ।

साउन महिनाको अन्ततिर चीन भ्रमणको अवसर प्राप्त भयो । साउन ३१ गते १२स्०० चाईना साउथ ईस्ट जहाजमा जाने हाम्रो तयारी थियो । विमान सेवा प्रदायक कम्पनीहरुले निर्धा्रित समयभन्दा प्रायस् ढिला उडान गर्ने बानी परेका हामी कुनै विमान कम्पनीले समयमा नै उडान भर्दा पनि अचम्म मान्ने अवस्थामा नै छौ तर चाईना साउथ ईस्ट कम्पनीले निर्धा्रित समयभन्दा १५ मिनेट अगावै उडान गर्यो ।

संसारको अग्लो चुचुरो सगरमाथा र अन्य हिमशिखरहरु पार गर्दै लगभग चार घण्टाको उडान पछि हामी गोन्जावो बन्यून अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पुग्यौं तर खराव मौसमका कारण सो दिन हामी चीनको राजधानी सहर बेईजिङ्ग अन्तर्रा्ष्ट्रिय विमानस्थल जान भने सकेनौं । मन त हो तुलना गरिहाल्यो “नेपालमा मात्र कहाँ हो र चीनमा पनि उडान रद्द हुने रहेछ ।“ पछि उडान रद्द भएकोमा खुशी लाग्यो किनकी २४ घण्टाको लागि हामी गोन्जावो सहरमा नै बस्नुपर्ने भयो¸ घुम्न पाईने भयो ।

छोटो समयको चीन बसाईका क्रममा हामी बेईजिङ्ग भित्रका विभिन्न ऐतिहासिक¸ पुरातात्विक तथा सार्वजनिक ठाउँहरु र पार्कहरु घुम्यौं । चिनियाँ विकास¸ मानिसहरुको व्यस्तता र फुर्सद¸ सामाजिक जनजीवन¸ ऐतिहासिक पुरातात्विक महत्वकाठाँउहरु¸ प्राकृतिक बनावट र त्यसको संरक्षणमा म चासो साथ हेरीरहेको थिए।

भ्रमणको क्रममा चीनको उत्तर(पश्चिम हार्इ्डियन जिल्लामा अवस्थित समर प्यालेस पार्कमा घुम्ने अवसर प्राप्त भयो । क्विङ्ग वंश (सन् १६४४(१९११) शासन कालमा बनेको विशाल बगैँचामा लङ्गेभिटी पहाड र कुन्मिङ्ग ताल देख्न सकिने रहेछ ।
करीब ६० मिटर उचाईमा रहेको लङ्गेभिटी पहाडमा धेरै संरचनाहरु बनाईएका रहेछन। कुन्मिङ्ग ताल मानवनिर्मित ताल हो र यो ताल खन्दा निस्केको माटो पहाडमा थप गरिएको रहेछ ।

प्रायस् वर्षभरी नै भीडभाड हुने यो पार्कमा गर्मी याममा अलि बढी नै भीड हुने रहेछ । साथीहरु एकआपसमा न छुटुन भनेर घुम्न आउने समूहहरु आफ्नो देश वा संघ संस्थाको झण्डा कुनै काठरबाँसरफलाममा अग्लो पारेर बोक्छन् अनि टाढा टाढासम्म पनि साथी सजिलै पछ्याउन सक्ने रहेछन् । हुनत बेईजिङ्ग सहर नै बस्नलाई उकुस(मुकुस छैन¸ बाटोको दुबै छेउमा विरुवा छन्¸ साईकल लेन छ र सडकसँगै विभिन्न थरीका फूलहरु फुलिरहेका देखिन्छन् ।

सुन्दर सहरभित्रको पार्क झनै सुन्दर छ । धार्मिक¸ ऐतिहासिक¸ साँस्कृतिक¸ पुरातात्विक महत्वका धरोहरहरु त छँदै छन्¸ त्यसभित्र प्राकृतिक सुन्दरता पनि अनुपम छ । प्राचिन समयमा ढुङ्गा छापेर बनाएको बाटो¸ बाटो दुवैतर्फ भएका धुपीसल्लाका बोटहरु वरिपरिका बोटहरु एकआपसमा ढोगभेट गरे जसरी जोडिएका छन् । मानिसहरु बस्नको लागि ठाउँ(ठाउँमा चौतारोहरु छन्¸ बाटो यति सफा छ कि खाली हातले भुँईमा पुछे पनि धुलो लाग्दैन । काठमाडौंमा धुँलो र धुँवा सरावरी मिसिएको श्वास लिईरहेको मेरो फोक्सो पनि छक्क र्पयो होला कि आज यति स्वच्छ हावा कहाँबाट आयो होला भनेर । अनि फोक्सोले पनि सजिलै श्वास छानेर चाँडै आराम र्गयो होला ।

हुनत बेईजिङ्गमा ठुला घना बस्तीहरुमा साना ठुला पार्कहरु धेरै छन् ।चौडा सडकको किनारमा पैदलयात्रु हिड्नेबाटो, साईकल लेन र बाटो दुबै किनारमा विरुवाहरु छन् । कति ठाउँमा त विरुवा हैन रुख नै रोपिएका छन् ।रमाईलो कुरा त के छ भने साईकलमा बारकोड रिडर राखिएको हुन्छ¸ मानिसहरु आफ्नो गन्तव्यसम्म जानको लागि बारकोड मोबायलबाट स्क्यान गर्दछन् अनि आफू जाने गन्तव्यसम्मको लागि साईकल लिन्छन् र पार्किङ्गस्थलमा साईकल छोड्दछन् । साईकल किनिरहनु पर्दैन¸ हरेक ठाउँमा साईकल पाईन्छ ।

पार्कको अगाडितर्फ पैदल यात्राको लागि बनाईको बाटो र बाटोमा पार्क अवलोकनको लागि विश्रामस्थलहरु बनाईएका छन् । लगभग २.२ बर्ग किलोमिटर जमिनमा फैलिएको ताल र सानो पहाड आमने(सामनेमा छन् । यो पार्क बेईजिङ्गको सबैभन्दा ठुलो पार्क हो । विभिन्न प्रजातिका बोटविरुवाहरु¸ जमिनी बनावट¸ प्राकृतिक सुन्दरता र पुरातात्विक महत्वका ठाउँहरुका भएको यो पार्कलाई राजकीय बगैचाको संग्राहालय पनि भनिन्छ ।

डिसेम्बर १९९८ मा यो ठाउँ युनेस्कोको विश्वसम्पदा सूचीमा परेको हो । प्राकृतिक सुन्दरता¸ पानीको श्रोत¸ सुन्दर कलात्मक दर्शकदीर्घा¸ हलहरु दरबार¸ मन्दिर र पुलहरुको सम्मिश्रण रहेको यो पार्क चिनियाँ संस्कृतिको बहुमूल्य गहना हो ।

क्विन वंशको शासनको समयमा सन् १७५० मा निर्माण सुरु भएको यो पार्क राजकीय सदस्यहरुको आराम र मनोरञ्जनको निमित्त बनाईएको थियो । एङ्लो फ्रेच सम्मिलित फोर्सको आगलागीका कारण यो पार्क क्षति भएको भए पनि सन् १८८८ मा यो पार्कको पुनस् निर्माण गरिएको थियो । सन् १९०० मा अर्को युद्दको कारण पार्कमा क्षति भएपनि यसको तुरुन्तै पुनस् निर्माण भएको थियो । सन् १९२४ मा यो पार्क सर्वसाधारणको लागि खुल्ला गरियो । हाल यो पार्क चीनमा पर्यटकको गन्तव्यहरुमध्ये एक मुख्य गन्तव्य हो ।

संसारको सबैभन्दा बढी जनसंख्या भएको देशको राजधानी सहर कति उकुस(मुकुस होला भन्ने लागेको तर सबै मानिसको लागि खुल्ला ठाउँ व्यवस्थापन गरिएको रहेछ। धार्मिक पुरातात्विक महत्वका ठाउँहरुलाई संरक्षण गर्दै पार्क्भित्र प्रत्येक ५०० मिटरमा शौचालय बनाईएको छ ।
पैदलयात्रामा मान्छेहरु प्राकृतिक सुन्दरता हेरेर रमाउँछन¸ डिल¸ किनारमा मानिसहरु सेल्फी लिईरहेका भेटिन्छन् ।

दौडिरहेका केटाकेटी पछ्याउँदै आमाबावु रमाईरहेका हुन्छन् । बालबालिकाहरु जति कुदे पनि जमिन छ¸ हेर्नलाई सुन्दरता र फोक्सोभरी अक्सिजन हुन्छ । विरुवाको सितल छहारीमा कोही पल्टिएका भेटिन्छन¸ पढ्नेहरुको ध्यान पढ्नमा नै हुन्छ¸ गफ गरेर बस्नेहरुको पनि कमि हुँदैन ।

भ्रमण गर्नेहरुमध्ये र्इ्तिहास¸ कला र संस्कृतिको अध्ययन गर्नेहरु र सहरको भीडभाडबाट सुस्ताउन आउनेहरु धेरै हुन्छन् ।
मानिसको मुहारमा चमक ल्याउने पैसा खर्च गर्नुपर्दैन । केटाकेटी प्रकृतिको काखमा खेल्न पाए¸ युवायुवती आफ्नै सुरमा भुल्न पाए र बुढाबुढी मनका कुरा खोल्दै सुस्ताउन पाए त्यत्तिकै हाँसीखुशी भईहाल्छन्¸ जुन कुरा यो पार्कले दिएको छ ।

पार्कको एक तिहाई जति क्षेत्र तालले ओगटेको छ । तालमा मानिसहरु बोटिङ्ग गरेर रमाईरहेका हुन्छन् । कुनै माछा¸ कुनै हाँस त कुनै ड्रयागन जस्ता देखिने डुङ्गाभित्र बसमा बसे जस्तैगरी बस्न मिल्ने रहेछ । पानी जमेर बसेपछि वरिपरिको जमिन पनि सञ्चित हुन्छ¸ पानीका श्रोतहरु बढ्छन्¸ खेतीबाली बढ्छ त्यस्तै हरियाली पनि । तालको पूर्वबाट पश्चिमतर्फ रहेको अर्को पार्कसम्म पानीको क्यानलले जोडेको छ जहाँ हजारौं पर्यटकहरु डुङ्गा चढेर जान्छन् । मलाई यो पार्कमा सबैभन्दा रमाईलो त्यो डुङ्गा चढ्दा लागेको थियो । ५०र६० जना चढ्न मिल्ने डुङ्गा खचाखच भरिएको थियो । पानी आएको विपरीत दिशातर्फ ईन्जिनबाट चल्ने पङ्खाले पानी फ्याँक्दै क्यानलको दुबै किनारमा भएका स्ट्रवेरीका विरुवाहरु हेर्दै पानी खेल्दै हिड्न खुब रमाईलो भएको थियो ।

करीब ७ किलोमिटर जति यात्रा गरेपछि हामी चिनियाँ राष्ट्रिय पुस्तकालयको नजिकै रहेको अर्को पार्कमा पुग्यौं । यो पार्क धार्मिकरपुरातात्विकभन्दा पनि प्राकृतिक थियो । विभिन्न किसिमका फूलहरुको बगैंचा थियो । विभिन्न किसिमका बोटविरुवाहरु सजावट गरेर रोपिएको थियो । रुखलाई सिधा पार्नको लागि रुखको चारैतिरबाट टेको लगाईएको थियो । हामीले ठट्टा पनि र्गयौं । “रुखलाई त बाङ्गो हुन नदिने चिनियाँ सरकारले मान्छेलाई झन् के बाङ्गो हुन देला ?“ मान्छे नबाङ्गिए¸ काम नबङ्ग्याइए तथा औला नबङ्ग्याइए पो देश विकास हुन्छ । हुनपनि बाँसको बिरुवाहरुलाई पनि सिधा पार्नको लागि चारैतिरबाट टेको दिईएको थियो तर पछि थाहा भयो¸ टेको सिधा पार्नको लागि मात्र हैन रहेछ चीन सरकारले हरियाली बनाउनको लागि विरुवा मात्र हैन ठुला(ठुला रुख पनि रोप्ने रहेछ । यसरी एक ठाउँमा ठुला भईसकेका रुखहरु अर्को ठाउँमा सार्दा रुख नढलोस् भनेर चारैतर्फबाट टेको दिने गरेको रहेछ ।

चीनियाँ मोडलमा रुख नै रोप्न सके काठमाडौं सहरलाई पनि हरियाली धेरै समय लाग्दैन। हुन त कठामण्डौमा एकदिन ईन्धन गाडी मात्र नचलाउने हो भने आधा प्रदुषण कम हुन्छ। पानी र्पयो भनेमात्र पनि धुलो कम हुन्छ । मानिसहरु आफैले सडक घर किनार र पार्कमा फोहोर नफाल्ने हो भने सहर धेरै सफा देखिन्छ । कुहिने र नकुहिने फोहोर छुट्याउन सकेमात्र पनि घरमा धेरै फोहोर कम हुन्छ ।

 

सार्वजनिक ठाउँहरु हामी आफै फोहोर गर्छौं । प्रयोग गरिसकेको रिचार्ज कार्ड¸ गुट्का र पानरपरागको खोल¸ चाउचाउरकुरमुरेरलेजको खोल¸ पानीरजुसका बट्टाहरुले हाम्रा पार्कहरु भरिएका छन् जसलाई व्यवस्थापन गर्न अरु कसैको मुख ताक्नुपर्दैन । प्रयोगकर्ताले अलि सचेत आफैले व्यवस्थापन गर्न सक्छ । प्रकृतिले सुन्दर उपहार दिएको हामी आफैले बिगारेका हौं । हामीले रोपेका बिरुवाले हामीलाई नै अक्सिजन दिने हो¸ सफा र सुन्दर सहरमा हामी नै बस्ने हो ।

प्रतिक्रिया दिनुहोस्