सर्पदंशबाट वृद्धको मृत्यु



सुर्खेत ।
सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेकबेशी–९ तालडाँडा सुर्खेत निवासी ६० वर्षीय बलबहादुर सोमै मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । वृद्ध सोमैलाई सुतेको बेला गए राति ३ बजे सर्पले डसेको प्रवक्ता चौधरीले बताउनुभयो ।

बिहान ८ बजे उपचारका लागि उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ । हालसम्म सर्पदंशबाट सुर्खेतमा चार जनाको ज्यान गइसकेको जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्