रिवाज विमेन्स फेलोले बालबालिकासँगै मनायो बाल दिवस



काठमाडौं ।
बाल दिवसको अवसरमा रिवाज विमेन्स फेलोका पदाधिकारीले काठमाडाैँको कमलपोखरीमा रहेको कमल स्कुलका अनाथ बालबालिकासँग अनुभव साटासाट गरेका छन् ।

संस्थाले अनाथ बालबालिकालाई खाजा खुवाउनुका साथै अन्य केही भौतिक सहयोग पनि गरेको छ । सामाजिक र शैक्षिक हकहितका पक्षमा काम गर्ने उद्येश्यले गठित संस्थाले हरेक दिवसलाई यसरी नै साथर्क बनाउने लक्ष्य लिएको रिवाजका पदाधिकारीहरुले जनाएका छन् । सो स्कुलमा झण्डै दुई दर्जन अनाथ बालबालिका रहेका छन् । अन्य विद्यार्थीहरु बाहिरबाट पनि पढ्न आएका छन् भने केही त्यहीँ बसेर पढेका छन् ।

स्कुलमै बसेर पढेका विद्यार्थीका लागि प्रयाप्त नभएको भन्दै विद्यालयले पनि सहयोगको अपेक्षा गरेको छ । अनाथ बालबालिकालाई सुत्नका लागि र औषधी उपचारमा पनि समस्या भएकाले आगामी दिनमा थप सहयोग गर्ने संस्थाले जनाएको छ । दिवस मनाउनका लागि १ –२ दिन औपचारिक कार्यक्रम गरेर धेरै खर्च गर्नुको साटो उनीहरुको जिवनमा प्रतक्ष्य रुपमा सहयोग हुने खालका काम गर्नु राम्रो भएको भन्दै संस्थाले यस्तो प्रयास गरेको जनाएको छ ।

संस्थाकी संस्थापक मनु दाहालले जुनसुकै कार्य गर्दा पनि सम्बन्धित पक्षलाई हितमा राखेर गर्नुपर्ने भएकाले बालबालिकाका पक्षमा अभियान चलाइएको बताउनुभयो । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि काम नै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यस्तो कर्म गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्