अमेरिका: उत्पिडकद्वारा राजिनामा



न्युयोर्क (एजेन्सी)
यौन उत्पिडनको आरोप लागेका अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका प्रमुख तथा मुख्य कार्यकारी लेस्ली मुनवेस पदबाट राजिनामा दिएका छन् ।

कम्पनीले आइतबार राती जारी गरेको एक विज्ञप्तीमा उक्त घोषण गरिएको वासिङटन पोस्टले जनाएको छ । यस घोषणासँगे मुनवेसको २० बर्ष लामो कार्यकालको पनि अन्त्य भएको छ ।

गत जुलाइमा द न्युयोर्कर पत्रिकाका ६ महिलाले सन्चार जगतका चर्चित हस्तीद्वारा यौन उत्पिडन भएको खुलासा गरेका थिए । त्यसपछि बोर्डले मामिलाको जाँच गर्न वकिल राखेको र उनलाई पदबाट हटाउने सम्बन्धी कारवाही थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्