राजधानीको नाम चाँडै टुङ्गिन्छः मन्त्री कार्की



दमक ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताउनुभएको छ ।

झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताउनुभयो । प्रदेशको नामका लागि कोशी, सगरमाथा, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै लगाउने बताउनुभयो ।

मन्त्री कार्कीले विपत् व्यवस्थापन, शान्तिसुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताउनुभयो । उहाँले दमकका व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्न दोषीले उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्