ठेकेदारको लापर्वाहीले तीन जिल्ला आवतजावत गर्ने तीनमुखे पुल अलपत्र



कविराज नेपाल, पाल्पा ।
प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा , गुल्मी , स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समय देखि अलपत्र अवस्थामा रहेको छ ।

नेपालको धार्मिक प्रर्यटकीय क्षेत्र रहेको पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट र गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने नेपालकै नमुना झोलुङ्गृ्ेपुल निर्माण कम्पनीको लापरवाही र विभिन्न वाहानाका कारणले निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा अलपत्र अवस्थामा पुगेको हो ।

नेपालकै प्रमुख धार्मिक रुरु क्षेत्र धाम रिडिमा तीन वटा जिल्ला आवत जावत गर्न मिल्ने गरी निर्माण थालिएको तिनमुखे पुलको १० प्रतिशत पनि काम नभइ अलपत्र बनेको हो । २०७४ असार महिनामै पुल निर्माण कार्य पुरा भई सर्वसाधारणको लागी आवत जावत गर्न खुला गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

तिनमुखे पुल निर्माणको लागि नयाँ बाटो, रुविना मना जेवी निर्माण कम्पनी तनहुँले २०७१ साल आषाढमा १० गते सम्झौता गरी २०७४ अषाढ ९ गते सम्पन्न गरी हस्तानतरण गर्ने जिम्मा लिएको थियो । पुल निर्माणको लागी नयाँ बाटो रुविना निर्माण कम्पनीले ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयामा कामको ठेक्का लिएको थियो । ठेक्का सम्झौता सकिएको १ बर्ष वितिसक्दा पनि पुल बन्ने वा नवन्ने अनिश्चित भएको छ । तीन मुखेपुलको अहिले सम्म मुख्य पिलरको केही भाग मात्र निर्माण गरी अलपत्र अवस्थामा छाडिएको छ ।

पुल निर्माणको क्रममा पाल्पा, गुल्मी र स्याङ्जा तिन तिरबाट १७७.४ मिटर लम्वाईको झोलुङ्गे पुल निर्माण गर्ने र मध्य मागमा तिनवटै पुललाई जोड्ने ४२ मिटर अग्लो पिलर खम्वा राखि पुल निर्माण गर्ने डिजाईन गरिएको छ । ४ बर्ष पुरा हुदासम्म पुल निर्माणको ठोस प्रगति हुन नसकेको स्थानीयबासी पर्शुराम भट्टराईले बताउनु भयो ।

पुल निर्माणको विषयमा पटक पटक मन्त्रालय, विभाग पुगे, धेरै पटक ठेकेदार लाई फोन गरियो., पुल विभागका आयोजना प्रमुख दिनेश शर्मा संग भेटेर काम सम्पन्न नहुने भए अर्काे निर्माण कम्पनी खोजेर भए पनि काम गर्न आग्रह गरेको स्थानीयवासी भट्टराईले बताउनु भयो ।

स्थानीय वासिन्दा एवम् तानसेन नगरपालिका वडा नं १४ का वडाध्यक्ष कमल रानाले पूल समयमै निर्माण हुनुपर्ने कुरामा आफूहरुको जोड रहेपनि सयममा निर्माण हुन नसकेकोमा विकासका संभावनाहरु वढन नसकेको वताउनु भयो ।

हिन्दुहरुको चार धामको रुपमा परिचित रुरु क्षेत्र रुरु धाममा पाल्पा, गुल्मी र स्याङ्जा जिल्ला जोड्ने तिनमुखे पुल शिलान्यास भएको ४ बर्ष २ महिना पुरा हुदा सम्म पुल निर्माणको कामले गति लिन सकेको छैन । पुल निर्माणको काम समयमा सम्पन्न नहुदा धार्मिक पर्यटक, भक्तजनहरु लाई आवत जावत गर्न कठिनाई भएको हृषिकेश मन्दिरका पुजारी ओमप्रकाश भट्टराईले बताउनु भयो ।

पटक पटक ताकेता गरेका छौ, स्थानीय तह बाट दिनहुजसो दवाव दिएका छौ मन्त्रालय तथा विभागका प्रमुखहरु लाई फोन बाट बारम्वार जोड दिएकोे रुरु गाउँपालिका वडा नंं १ का वडा अध्यक्ष रामलाल वि.क.ले बताउनु भयो ।

सरकारी स्तर बाट शुरु भएका भौतिक पुर्वाधार निर्माणका ९८ प्रतिशत काम समय अवधीमा सकिएका छैन, अधिकाश निर्माण व्यबसायीहरुले विचैमा काम छाड्ने, योजना बर्षाै सम्म अलपत्र पार्ने, विभिन्न बहानामा रकम बढाउने, जस्ता विकृतीको अन्त्य गर्नु पर्ने स्थानीवासीले बताएका छन ।

पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोर संगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पु¥याउने कल्पना गरेका स्थानियवासी निराश हुन थालेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्