बालयौन दुरुपयोग अभियोगमा दुईजना पक्राउ



किरन धामी, दार्चुला ।
बालयौन दुरुपयोगको अभियोगमा दार्चुला प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ३ का २१ वर्षिय देवेन्द्र कोली र १८ वर्षिय भरत कोलीलाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनाले भदौ २३ गते देउडा हेरेर फर्कने क्रममा शैल्य शिखर नगरपालिका वडा नं ३ खोेला नजिकै १३ वर्षिय दुई जना बालिकालाई यौन दुरुपयोग गरेको पिडित परिवारले बताएका छन् ।

 

पिडितको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुको दार्चुला जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । हालै लागु भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले कसैले करणीका आसयले वालवालिका संग कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा वालयौन दुरुपयोग मानिने तथा उक्त कसुरमा तीन वर्ष सम्म कैद र रु ३० हजार रुपैया सम्म जरीवानाको प्रावधान राखेको छ ।……..

प्रतिक्रिया दिनुहोस्