भारतको भूकम्पले पूर्वी नेपालमा धक्का



काठमाडौँ । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प नेपालमा नभइ भारतमा गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

आसाममा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भारतीय सञ्चार माध्यमले भने ५ दशमलव ४ रेक्टर स्केलको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन् ।

पश्चिम बंगाल, बिहार, आसाम, अरुणाचल प्रदेश, मणिपुर, नागाल्याण्ड दाजिर्लिङ, जलपाइगुडीका साथै नेपालको पूर्वी क्षेत्र र भुटानमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्