राउन्ड टेबल नेपाललाई वेस्ट एसोसिएसन अवार्ड



काठमाडौं, (नेस)
सामाजिक क्षेत्रमा गरेको उल्लेखनीय सेवाको कदरस्वरुप विश्वभर ५४ देशमा रहेको राउन्ड टेबलमध्येबाट राउन्ड टेबल नेपाललाई वेस्ट एसोसिएसन अवार्ड
२०१७–२०१८ बाट सम्मानित गरेको छ ।

हालै श्रीलंकामा आयोजित राउन्ड टेबलको वार्षिक अधिवेशनको एक विशेष समारोहमा उक्त सम्मान राउन्ड टेबल नेपालका विर्तमान अध्यक्ष जयन्त कुमार अग्रवाल र राउन्ड टेबल नेपालका अध्यक्ष रवि खेतानका साथै राउन्ड टेबल नेपालका पदाधिकारीले ग्रहण गरेका थिए ।

सम्मान नेपालको लागि नै गौरवपँर्ण रहेको र यसबाट अझ बढी सामुदायिक उत्तरदायित्व निभाउँदै समाजको सेवामा लाग्न उत्पे्ररित गरेको जयन्तकुमार अग्रवालको भनाइ छ ।

गत वर्ष राउण्ड टेबल नेपालले विपन्न वर्गका विद्यार्थीको शिक्षाको लागि विभिन्न स्थानमा ३२ भन्दा बढी कक्षा कोठाको निर्माण गरेको थियो । रक्तदान कार्यक्रम सञ्चालन गरी एकै दिनमा ८५३ पिन्ट रगत सम्बन्धित निकायमा दिएको थियो । राउण्ड टेबल नेपाल गैरराजनीतिक सामाजिक विकासमा सक्रिय संस्था हो ।

यसले स्थापनाकालदेखि विभिन्न सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । राउन्ड टेबलको स्थापना संयुक्त अधिराज्यको नर्विचमा १४ मार्च १९२७ मा भएको थियो । अहिले यसका विश्वभर ३४ हजार सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्