टोयोटाको स्पेसल अफर



काठमाडौं, (नेस)
नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले नाडा अटो शोमा स्पेसल अफरको घोषणा गरेको छ। अन्तर्रास्ट्रिय अटोमोबाइल्स ब्रान्डका लागि र अटोमोबाइल्समा सौख राख्नेहरुको लागि नाडा अटो शो उत्कृष्ट अवसर हो ।

यस अफरअन्तर्गत नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिङमा ५ जोडीको लागि ५ दिन, ४ रातको बाली टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउन्टेन फ्लाइट जित्ने अवशर प्राप्त गर्न सक्नेछन यसको अलावा टोयोटाले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको छ।

भर्खर मात्र सार्वजनिक गरियको एसयुभी ‘रस’ नाडा अटो शो को प्रमुख आकर्षण रहने कम्पनीले जनाएको छ।
डुवल भीभीटी आई सुपर इन्जिन भएको उक्त ‘रस’ मा ६ एसआरएस एयर ब्याग रहेका छन्

प्रतिक्रिया दिनुहोस्