दैनिक एक सय २ अभियुक्त पक्रन्छ प्रहरी



काठमाडौ(नेस) । देशैभरवाट दैनिक एक सय दुइ जना बिभिन्न अपराधमा संलग्न रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जघन्य अपराधमा संलग्न रहेका एक सय २ जना पक्राउ पर्ने गरेका छन् । यसरी हेर्दा गत बैशाखदेखि साउन मसान्त सम्म प्रहरीले १२ हजार ३ सय १ जनालाई पक्राउ गरेको छ ।

जघन्य अपराध भन्नाले मानब बेचविखन, जवरजस्ती करणी, हातहतियार खरखजना, हत्या, वलात्कार, तस्करी लगायत पर्दछ । जघन्य अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

यसैवीच, प्रहरीले पछिल्लो चार महिनामा दुइ हजार दुई सय किलो लागु औषध बरामद गरेको जनाएको छ । प्रहरीले २ हजार २ सय ७३ किलो लागु औषध बरामद गरेको हो । जसअन्तर्गत, १ हजार ९ सय १९ किलो गाँजा, ३ सय ४० किलो चरेस बरामद गरेको छ । यस्तै, १ किलो ९ सय ग्राम हिरोइन, ११ किलो ९ सय १३ ग्राम अफिम बरामद गरिएको प्रहरीको तथ्याङकले देखाएको छ । प्रहरीले सोही अवधीमा एक सय तीन थान अवैध हातहतियार बरामद गरेको छ ।

यसैगरी विभिन्न प्रकारका एक सय ६९ थान गोलीहरु बरामद गरेको प्रहरीको तथ्याङकले देखाएको छ । १४ जना अभियुक्त बिरुद्ध रेड नोटिस जारी गरिएको छ भने तीन जना बिरुद्ध डिफ्यूसन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिभिन्न भन्सार नाकाबाट ११ करोड १५ लाख ५२ हजार ६ सय ३० रुपैंया वरावरको बिभिन्न सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विप्लव नेतृत्वको नेकपा र सिके राउत समुहका १ सय ५८ जना पक्राउ परेका छन् । पछिल्लो चार महिनाको अवधीमा ६ लाख ११ हजार ३ सय ६ रुपैंया राजस्व संकलन भएको छ ।

प्रहरी प्रधान कार्यालयले २४ हजार ६ सय १३ जनालाई सरुवा र दुइ हजार एक सय ८१ जनालाई बढुवा गरेको पनि जनाएको छ ।

यस्तै ३ वटा प्रदेशमा रिफ्रेसीङ सेण्टरको स्थापना गरिएको छ । रिफ्रेसीङ सेण्टर स्थापनाका लागि प्रत्येक प्रदेशमा चार लाख ५० हजार रुपैंयाका दरले रकम निकासा भइसकेको पनि प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्