बीपीको विचारमा हिँडे पार्टीको पुनरोत्थान



नेपाल समाचारपत्र, नुवाकोट
बीपीको विचार र सिदान्तमा पार्टी हिँडे काग्रेसको पुनरोत्थान हुँने नेपाली कांग्रेसका शिर्षस्थ नेताहरुले बताएका छन ।

कांग्रेसका स्वर्गीय नेता विस्णु आचार्यको ४५ औ दिनको पुन्यतिथिको अवसरमा विपी विचार रााट्रिय समाजको नुवाकोटको आयोजनामा भएको कार्यक्रममा नेताहरुले उत्त धारणा व्यत्त गरेका हुन । कार्यक्रममा मन्तव्य राख्दै विपी विचार समाजका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले विष्णु आचार्य निधनले नेपाली कांग्रेसले प्रजातन्त्रको असली सिपाइ गुमाएको बताए । गुरुङले स्वर्गिय आचार्यले हिँडेको बाटोमा सबैले हिँडेमा उनीप्रति सच्चा न्याय हुने बताए ।

फरक प्रसंगमा विपी विचार समाजका केन्द्रिय अध्यक्ष गुरुङले सिदान्त र पार्टीको नितिभन्दा वाहिर जानुनै कांग्रेसको चुनावमा पराजयको कारण भएको बताए । उनले चितवनमा माओवादी केन्द्रकी मेयर रेणु दहाललाई पार्टीका अध्यक्षले भोट हाल्न आह्वान गर्नु दुभाग्य भएको बताए ।

त्यस्तै कार्यक्रममा कांग्रेसका अर्का प्रभावशाली नेता गोविन्दराज जोशिले नेपाली कांग्रेसले विष्णु आचार्य र उनीजस्ता नेतालाई सम्मान दिन नजानेको बताए । जोशीले कांग्रेसले देशमा गम्भीर अवस्थामा आएको समयमा महत्वपुर्ण भुमिका खेलेको भन्दै अहिले किन पछाडी पर्यो त्यसको गम्भीर ममिक्षा हुनुपर्ने बताए ।

नेता जोशिले पार्टीमा सैदान्तिक विचलन आएकोले समस्या भएको बताए । उनले स्थानिय तहले जनतको ढाड सेक्ने गरी कर बढाएकोमा समेत आपत्ति ब्यत्त गरे । त्यस्तै कार्यक्रममा कांग्रेसका अर्का नेता विनयध्वज चन्दले पाटीृमा गुटउपगुटमा लागेर पदको लोभ गर्नु उपयुत्त नभएको बताए । उनले विपीको विचारलाई कार्यान्व्यन गर्नुपर्ने भन्दै व्यत्तिको पछाडि लाग्ने मान्छे कांग्रेसको कार्यकर्ता नभएको बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद बहादुरसिंह तामाङले स्वर्गीय आचार्यको संगठन बनाउने शैलीबाट आफु प्रभावित भएको बताए । त्यस्तै सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति जगदिश नरसिंह केशीले स्वर्गीय नेता आचार्यले गरेको कामले आफु प्रभावित भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिका वडा नं ५ का वडाअध्क्ष शिव चित्रकार, नेपाल ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा लगायतले पार्टीमा भएको गुटउपगुटले पार्टीमा रहेका असल कार्यकर्ताको रक्षा गर्न नसकेको बताएका थिए । कार्यक्रममा काग्रेस नुवाकोटका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्