संविधानले भौगोलिक र सामाजिक विविधतालाई बलियो बनायोः पूर्वराष्ट्रपति यादव



काठमाडौँ ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानले भौगोलिक र सामाजिक विविधतालाई बलियो बनाउने काम गरेको बताउनुभएको छ ।

चन्द्रागिरि, गोदावरी, दक्षिणकाली नगरपालिका र पाठशाला खबरद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘बालबालिकासित प्रथम राष्ट्रपति’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानको सफल कार्यान्वयनबाट मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ ।”

पूर्वराष्ट्रपति डा यादवले तीन तहको निर्वाचनबाट गणतन्त्रको संस्थागत विकास हुन गएको उल्लेख गर्दै संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

तत्कालीन अवस्थामा संविधान जारी गर्दा आफूले सबै पक्षको सहमति खोजेको स्मरण गर्दै उहाँले आफू समाज सेवाका लागि राजनीतिमा आएको बताउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले शिक्षा र स्वास्थ्यमा राज्यले क्रमशः लगानी बढाउँदै जानुपर्छ भन्नुभयो ।

कार्यक्रममा बालबालिका निकिता मर्हजन, रमेनराम क्षेत्री, सञ्चिता मिश्र, सूचना खनाल, आरती जैसवाल, कृतिका श्रेष्ठले पूर्वराष्ट्रपति यादवसमक्ष जिज्ञासा राख्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्