कर्मचारीविहीन डोटीको महादेवस्थान वडा कार्यालय



cfbz{ ufpkflnsf j8f g+= $ sf] j8f sfof{no . tl:a/ M df]xg zfxL÷sflGtk’/

विमल बिष्ट, डोटी ।
वडा कार्यालयमा वडाध्यक्ष नारायण पछेरा मंगलबार असिनपसिन भइरहेका भेटिए । कार्यालयमा सिफारिस लिन आउनेको ओइरो थियो । उहाँ सेवाग्राहीका सिफारिस फारम भर्नेदेखि दर्ता चलानी र राजश्व काट्ने काम एक्लै भ्याइरहेका थिए । सेवाग्राहीको कामबाट बेफुर्सदिला देखिएका उहाँलाई बाहिर भने आमा समुह र स्वयम सेबिकाहरु स्वास्थ्य सम्बन्धी छलफलका लागि दुई घण्टा देखि कुरिरहेका थिए । ‘अब एक्लै कता कता भ्याउने’, निरास देखिएका उहाँले गुनासो गर्नु भयो,‘म कर्मचारी हु“ कि जनप्रतिनिधी हु“ छ्ट्याउनै गाह्रो भइरहेको छ ।’ आदर्श गाउपालिका वडा नं. ४ महादेवस्थान वडा कार्यालय कर्मचारी बिहीन छ । कर्मचारीका नाममा एक निरक्षर एकल महिला कार्यालय सहयोगीका रुपमा छिन् । कर्मचारीबिहीन भएपछि वडाध्यक्ष पछेरा कर्मचारी र जनप्रतिनिधीका दुबै काम एक्लै भ्याइरहेका छन् ।

 

 

एक्लैले काम भ्याउन नसक्दा सेवाग्राहीको गुनासो पनि उनीमाथि थपिदै गएको छ । त्यसैले आजभोली उहाँ रुनु न हास्नुको अवस्थामा छन् । ‘के के न सोचेर जनताको हितका लागि काम गर्छु भनेर जनप्रतिनिधी बनियो’, आशु झार्न मात्र नसकेका उहाँले मधुरो स्वरमा भन्नु भयो,‘जिम्मेवारी पाएर आएपछि यहाको ब्यवस्था देख्दा आत्मग्लानी महसुस हुन्छ ।’ साबिकको महादेवस्थान गाबिस अहिले आदर्श गाउ“पालिकाको वडा नं ३ र ४ बनेको छ । वडा नं. ३ का लागि गाउपालिकाले सामाजिक परिचालक डिल बहादुर रोकाया लाई नियुक्त गरेको तर वडा नं. ४ का लागि छैन् । दुबै वडामा जिबिकोपार्जन संग सम्बन्धीत बिश्वेश्वर प्रसाद कार्यक्रम लागु छ । यद्यपी गाउपालिकाले सो कार्यक्रम अन्र्तगतका कर्मचारी पनि वडा नं. ३ मै लगेर राखिदिएको छ । ‘अन्य वडामा सामाजिक परिचालक राख्ने, करारमा कर्मचारी राख्ने’, स्थानिय लालवहादुर अवस्थीले दुखेसो गर्नु भयो,‘ हाम्रो वडामा भएका कर्मचारीलाई पनि अन्यत्र तान्ने काम गरिएको छ यो भन्दा बढी अन्याय के हुनसक्छ ।’ स्थानियले वडालाई कर्मचारीबिहीन बनाइदा केन्द्रको सिंहदरबार गाउमा आएको अनुभुति पाउन नसकेको आरोप लगाउनु भयो ।

 

 

वडा कार्यालयलाई कर्मचारीबिहीन बनाउनुको कारण भने राजनैतिक रहेको स्थानियबासी बताउछन् । आदर्शगाउपालिकामा रहेका ७ वडा मध्य पछेरामात्र कांग्रेसबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । अध्यक्ष, उपाध्यक्ष देखि सबै अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधी छन् । ‘एक्लो वडाध्यक्ष भएकाले मेरो रमिता हेर्न वडा कार्यालय कर्मचारिबिहीन बनाइदिए’, वडाध्यक्ष पछेराले भन्नु भयो,‘बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय कुरेर सेवाग्राहीको काम गर्छु जनप्रतिनिधीका रुपमा गर्नुपर्ने काम साझ बिहान गरिरहेको छु ।’ उहाँको सबैभन्दा बढी गुनासो वडा नं. ४ का बासिन्दामाथि राजनैतिक पूर्वाग्रह राखेर गाउपालिकाको नेतृत्व नै असफल बनाउन प्रयास गरिरहेको प्रति छ । तर गाउपालिका अध्यक्ष टेक बहादुर रोकाया भने राजनैतिक पूर्वाग्रह गरेको आरोपको खण्डन गर्छन् । उहाँले कर्मचारी अभाव भएकाले नै सिंगो गाउपालिकामा काम गर्न कठिनाइ भएको तर्क गर्नुभयो । ‘लामो समय कार्यकारी अधिकृत नहुदा सचिवले नै चलाउनु भएको थियो’, उहाँले भन्नु भयो,‘एउटै सचिवले ४ वडा हेरिरहनु परेको अवस्थामा कहाबाट कर्मचारी ४ नं. मा खटाउने ?’ प्रत्येक चौमासिकमा गाउपालिकाले सामाजिक सुरक्षा भक्ता ल्याएर उनको हातमा थमाइदिन्छ । उनी कागजात र पैसा बोकेर सामाजिक सुरक्षा भत्ता बाड्न टोल टोल पस्छन् । घटना पञ्जिकरण गर्न झोलामै सिफारिस फारम, छाप र राजश्व काट्नका लागि बील ठेली संगै बोकेर हिड्छन् । ‘वडाध्यक्षको मर्म देखेर साह्रै दया लाग्छ’, स्थानिय हरिना जोशीले भनिन्,‘अवका चार बर्षसम्म यहि हालत हो भने वडाबासीलाई नै असर पर्छ ।’

 

उहाँको वडामा वडासचिव गणेश ओझालाई जिम्मेवारी दिएको छ । तर उनलाई ४ नं. वडा संगै अन्य ३ वटा वडाको पनि जिम्मेवारी छ । एउटा वडामा हप्ता दिन दिएपनि उहाँलाई समय पुग्दैन । ‘एक्लै कहा“ कहा“ जानु ’, वडा सचिव ओझाले भने,‘संगसंगै गाउ“पालिकामा पनि काम गर्नु पर्ने भएकाले वडामा जान फुर्सदै हुन्न, समय पाएसम्म जाने गरेको छु ।’ उनी महिना दुई महिनाका लागि पुग्ने गरि सिफारिस लगायतका अन्य फारममा हस्ताक्षर र छाप लगाएर वडा कार्यालयमा छाडिदिने गर्छन । सेवाग्राही आएमा वडाध्यक्ष पछेराले फारम भरेर सिफारिस गरि पठाउने गरेको वडा सचिव ओझाले बताउनु भयो । कतिपय कागजात आफै बोक्ने भएकाले सिफारिस सचिवले गरिदिन्छन् ।

प्रतिक्रिया दिनुहोस्