पिस प्वाइन्टको ह्याट्रिक



काठमाडौं, (नेस)
आयोजक पिस प्वाइन्टले तेश्रो पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत ब्वाइजतर्फको उपाधिमाथि ह्याट्रिक गरेको छ ।

सानो गौचरणमा सोमबार भएको फाइनलमा पिस प्वाइन्टले जगत मन्दिरलाई ३–२ गोलअन्तरले पराजित ग¥यो । तीनै गोल अनिल चौलागाईंले गरेका थिए । अंकुरले रिभेरालाई २–० गोलले हराउदै तेश्रो स्थान हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
गल्र्सको उपाधि भिडन्तमा गत संस्करणको उपविजेता क्याम्ब्रिजले डिफेन्डिङ च्याम्पियन पिस प्वाइन्टलाई १–० गोलअन्तरले हराएर उपाधि हासिल ग¥यो । जेशिका सिंह श्रेष्ठले निर्णायक गोल गरिन् । केभीएसबाट वाक ओभर पाएको एजीएम तेश्रो भयो । शीर्ष तीन टोलीले क्रमशः १० हजार,े ७ हजार र ५ हजार नगद पुरस्कार जिते ।

ब्वाइजतर्फ गोलरक्षकमा जगत मन्दिरका राहुल सुनुवार तथा डिफेन्समा पिस प्वाइन्टका बलबहादुर थापा उत्कृष्ट चुनिए । गल्र्समा पिस प्वाइन्टकी एनी तामाङ उत्कृष्ट डिफेन्डर तथा क्याम्ब्रिजकी महिष्मा राई उत्कृष्ट गोलरक्षक चुनिए । भदौ १७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २१ र गल्र्समा ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्