ग्रान्डस्लाम विजेता ओसाका छायाँमा



न्युयोर्क, (एजेन्सी)
जापानकी नाओमी ओसाकाले यस वर्षको युएसओपनअन्तर्गत महिला सिंगल्सको उपाधि जितेपनि छायामा परेकी छन् ।

शनिबार भएको खेलमा ओसाकाले अमेरिकाकी सेरेना विलियम्सलाई ६–२, ६–४ ले हराएर उपाधि जितेकी हुन् । २० वर्षीया ओसाका पहिलो ग्रान्डस्लाममै उपाधि जित्न सफल भएकी छिन् । साथै उनी ग्रान्डस्लाम जित्ने पहिलो जापानी खेलाडी पनि बनिन् । ओसाकाको ऐेतिहासिक जितलाई सेरेनाको अनौठो व्यवहारले पुरै छायामा पारेको थियो ।

ओसाकाले पहिलो सेट सहजै जितेकी थिइन् । दोस्रो सेटमा सेरेनाले पुनरागमन गर्न कोसिस गरिन् । तर यही सेटमा उनको अम्पायरसँग खटपट भएपछि उनले सेट र खेल गुमाइन । यो हारले सेरेनालाई २४ औं ग्रान्डस्लाम उपाधि जित्नबाट वंचित तुल्यायो । उनले मार्गरेट कोर्टको २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्न लक्ष्य लिएकी छिन् । उनको यो सपना यस वर्ष पुरा हुन सकेन ।

रिसाहा सेरेनाको माफी
चेयर अम्पायर कार्लोस रामोसले सेरेनालाई कोच मोराटोग्लुले इशारा गरेको भन्दै एक गेमको पेनाल्टी दिएका थिए । ग्रान्डस्लाम टेनिसमा कोर्टमा कोचिङ गर्नु आचार संहिता उल्लघंन गरेको ठहरिने प्रावधान छ ।

एक गेम गुमाएको सजाय पाएपछि सेरना ज्यादै रिसाइन र अम्पायरलाई चोर र फटाहा भनेर अपशब्द बोलिन् । यति मात्रै होइन उनले रिसले ¥याकेट पनि भुईँमा बजारिन् । जबकी पछि उनले माफी माँगेकी थिइन् । यी हरेक अनौठो व्यहावहारमा दर्शकले उनलाई ताली बजाएर साथ दिएका थिए ।


सेरेनाले अम्पायरलाई चोर भनेपछि यसको खण्डन गर्दै अम्पायरलाई बताइन्—म तपाईँसँग माफी माँग्छु । मैले कहिल्यै बेइमानी गरेको छैन । मेरो एक छोरी छिन र म उनको सामु एक राम्रो उदाहरण पेश गर्न चाहन्छु । बेइमान गर्नु भन्दा त म खेल हार्न रुचाउँछु ।

खेलपछि सेरेनाका कोच मोराटोग्लुले टेलिभिजनको अन्तर्वार्तामा बताए—मैले कोचिंग दिइरहेको थिए । तर मलाई लाग्दैन कि उसले मेरो तर्फ एक चोटि पनि हेरिन् ।

ओसाको सपना
मेडन ग्रान्डस्लाम उपाधि जितेपछि ओसाकाले बताइन्—मलाई थाहा छ कि यहाँ सबैले सेरेनाको समर्थन गर्छन् । उनको लागि ताली बजाउँछन् । मेरो सपना थियो कि मैले युएस ओपनको फाइनलमा सेरेनाविरुद्ध खेल्छु ।

तेस्रो पटक सेरेना
सेरेनाको न्युयोर्क कोर्टमा अव्यवहारिक कार्य यो तेस्रो पटक भएको छ । यसअघि २००९ सेमिफाइनलमा बेल्जियमकी किम क्लाइस्टर्सविरुद्ध सेरेनाले अधिकारीविरुद्ध चिच्याएकी थिइन् । यसमा उनलाई म्यचा प्वाइन्ट खोसिएको थियो । यो खेल क्लाइस्टर्सले ६–४, ७–५ ले जितेकी थिइन् । पछि अमेरिकी खेलाडीले माफी माँगेकी थिइन् ।

यसैगरी सन् २०११ मा सेरेनाले अस्टे«लियन साम स्टोसुरसँग हारेको फाइनल खेलमा अम्पायर इभा एस्डेराकीलाई गाली गरेकी थिइन् । उनलाई २ हजार अमेरिकी डलर जरिवाना गराएको पनि थियो । उनले एस्डेराकीलाई भनेकी थिइन्–यदि मलाई भेटिएमा तिमी अर्कोतर्फ फर्क । तिमी घृणित र भित्रबाट अनाकर्षक छौ ।

प्रतिक्रिया दिनुहोस्