सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता



काठमाडौं, (नेस) । सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो । सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ ।

संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले वताउनुभयो । संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा गत ०७५ साउन २३ गते सर्वोच्चमा दर्ता भएको हो । मुद्दाको पक्षमा १० जना भन्दा बढी वकीलहरुले बहस गर्नुहुनेछ । इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी वनाएर मुद्दा दायर भएको अधिवक्ता रेग्मीले दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्