सवारी दुर्घटनामा ५ जनाको मृत्यु



काठमाडौं ।
काठमाडौं, धादिङ, सप्तरी र चितवनमा भएको छुटाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट काठमाडौंमा १ जना, धादिङमा १ जना, सप्तरीमा २ जना र चितवनमा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामध्ये काठमाडौं बुढानिलकण्ठ नगरपालिका(५ स्थित सडकमा आइतबार बा।२ ख ४७७६ नम्बरको मिनी ट्रकले ठक्करबाट भारत घर भई हाल सोही स्थान बस्ने ४ वर्षीय आयुष रोहीको घटनास्थलमै मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
यसैगरी धादिङ थाक्रे गाउँपालिका(२ बाह्रकिलोस्थित सडकमा गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नम्बरको मोटरसाइकललाई आइतबार विपरित दिशाबाट आएको ना।७ ख ५२९ नम्बरको ट्यांकरले ठक्कर दिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका(६ बस्ने ३५ वर्षीय दिपक श्रेष्ठको धार्के अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरी शम्भुनाथ नगरपालिका(५ स्थित सडकमा ना।२ ख ३००१ नम्बरको ट्रकले आइतबार बा।५० प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा मेची नगरपालिका(६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर गाइते भएका मोटरसाइकलमा सबार २८ वर्षीय अल्केश थापाको उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवन भरतपुर महानगरपालिका(६ पुलर स्थित सडकमा जगतपुरबाट गितानगरतर्फ जाँदै गरेको ना। ५० प ३३११ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही महानगरपालिका(१४ बस्ने ६५ वर्षीया पार्वती न्यौपानेलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्