फेसबुकले सिंगापुरमा डाटा सेन्टर बनाउने



सिंगापुरसिटी । विश्वमा निकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानी गरी डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।

नवीकरणीय ऊर्जाको सहयोगमा सञ्चालन हुने यो सेन्टर आगमी सन् २०२२ सम्ममा प्रयोगमा आइसक्ने स्थानिय संचार माध्यमले जनाएको छ  । फेसबुकका उपाध्यक्ष थोमस फरलंगले यस सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने जानकारी दिएका छन् ।

करिब एक लाख ७० हजार वर्गफिटमा क्षेत्रफलमा फैलिने ११ तले यस अत्याधुनिक सेन्टरको तापमान भने सधैँ २५ डिग्री सेल्सियसको हाराहारीमा रहने बुझिएको छ ।

फरलंगका अनुसार एसियामै पहिलोपटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये सिंगापुरमा स्थापना गर्न लागिएको पन्ध्रौँ हो । यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको बताइएको छ । यसैबिच, सामाजिक सञ्जाल फेसबुकमा गलत तथा अवैध सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले शुक्रवार १२ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

एकजना बेलायती पर्यटकलाई बलात्का गरिएको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत साता तिनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

ति वलात्कृत१९ बर्षीया बेलायती ती महिला अहिले स्वदेश फर्किसकेकी छिन् । विदा मनाउन थाइल्यान्डको बैंकक आएका बेला उनलाई बलात्कार गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैंकक सहित देशका अन्य विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो।

तिनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

तर तिनीहरु सवैलाई अहिले जनही ६० हजार भाट धरौटीमा छाडिएको स्थानिय संचार माध्यमले जनाएको छ । यदि अभियोग पुष्टि भएमा तिनीहरू सवैले जनहस् पाँच बर्ष लामो कारावास सजाय भोग्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्