प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिन्ह



काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुहुने भएको छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नु्हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै हुनुहुन्छ । अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

उहाँले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारदेखि नै नेपालको ४३ औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नु हुनेछ । विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्