हलिउड सुपरस्टार बर्टको निधन



अमेरिकन फिल्ममेकर तथा हलिउड सुपरस्टार बर्ट रेनाल्डको बुधबार फ्लोरिडाको जुप्टर मेडिकलमा ८२ वर्षको उमेरमा निधन भएको छ।

यो खबरको जानकारी उनका म्यानेजरले दिएको एजेन्सीले जनाएको छ। बर्ट आफ्नो फिल्मी करिअरमा सुन्दर अभिनेताका रूपमा गनिन्थे। उनले सन् १९७२ मा आफ्नो हलिउड यात्रा तय गरेका थिए। उनले सन् १९७७ मा अभिनय गरेको फिल्म स्मोकी एन्ड द बेन्डिट निकै हिट भएको थियो, तर सन् १९७२ देखि १९७७ को बीचमा उनका केही फिल्म फ्लप भएका कारण उनको करिअर डुब्न लागेको थियो। सन् १९९७ मा उनले बुगी नाइट्समा सपोर्टिङ एक्टरको भूमिका निर्वाह गरेका कारण एकेडेमी ओस्कार अवार्ड पाएका थिए। उनले २ पटक गोल्डेन ग्लोब अवार्डलाई आफ्नो बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्