ग्रिनल्यान्डलाई दोहोरो उपाधि



काठमाडौं, (नेस)
ग्रिनल्यान्ड र लालीगुँरासले १३औं क्वीक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रवार भएको सिनियर छात्र तथा सिनियर छात्राको उपाधि भने आयोजक ग्रिनल्यान्ड स्कुलले हात पा¥यो ।

सिनियर छात्रको खेलमा ग्रिनल्यान्डले गोल्डेनपिकमाथी ५५–५४ को रोमाञ्चक जित निकालेको थियो । फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गदै सर्वाधिक २१ स्कोर गरेका ग्रिनल्यान्डका राजिब आलेमगर उत्कृष्ट खेलाडी चुनिए । ग्रिनल्यान्डका अनिश पाण्डे बेष्ट थ्रि पईन्टर चुनिदा उपबिजेता गोल्डेनपिकका गोपाल भण्डारीले हाईस्करको उपाधि जिते ।

सिनियर छात्रातर्फ आयोजक ग्रिनल्याण्डले टिआईएलाई २८–१६ को स्कोरमा हरायो । ग्रिनल्यान्डको जितमा प्रतियोगिताकै हाईस्कोररको उपाधि जितेकी सितोस्ना केसीले सर्वाधिक १८ स्कोर गरेकी थिईन् ।

आयोजकको कोर्टमा भएको जुनियर छात्रको फाईनल खेलमा लालीगुँरासले नवजिवनलाई ३२–२४को स्कोरमा हराउँदा दिपेश केसीले सर्वाधिक १० स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्