बेहोस भएर ३ जनाको मृत्यु



काठमाडौं ।
काठमाडौं र बैतडीमा बिहीबार बेहोस भएर ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएकोले उपचारको लागि ओम समाज अस्पताल सतुंगल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–९ तिलगंगा स्थित होटल सुनौलो ईनको कोठा नम्बर ४०५ मा बस्दै आएका भारत महाराष्ट्र घर भएका ७४ वर्षीय सुदाकार बाबु वानी होटलमा अचानक बेहोस भएकाले केएमसी अस्पताल सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस्तै बैतडी पाटन नगरपालिका–६ लामातोला बस्ने ४५ वर्षीय बलदेव अवस्थी पाटन बजारबाट घर फर्कने क्रममा खोडपे भन्ने स्थानमा बेहोस अवस्थामा फेला परेकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्