रोबोटले ढाड र घुँडा दुख्ने भागको आफैं मालिस



सिंगापुरमा रोबोटले ढाड र घुँडा दुख्ने समस्या भएकाहरूको मालिस गर्ने व्यवस्था प्रारम्भ भएको छ । इम्मा नाम गरेको रोबोटले पीडा भएको भागको आफैं परीक्षण गरेर मालिस गर्छ ।

सिंगापुरमा मात्र नभएर अन्यत्र पनि मालिसको ज्ञान नभएका व्यक्तिबाट मालिस गराउनु पर्ने बाध्यता छ भने मालिससम्बन्धी राम्रो जानकारी भएका मानिसहरूको समेत अभाव हुँदै गएको छ । यस्तो समस्या समाधान गर्न पनि इम्माको आविष्कार गर्नु परेको यसको निर्माण कम्पनीले जनाएको छ ।

गत वर्ष प्रोटोटाइपको मसाज गर्ने रोबोट निर्माण गर्ने नानयाङ टेक्नोलोजीकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यसपटक इम्मा ३ दशमलव ० भर्जनमा यसको निर्माण गरेका हुन् । यो रोबोटले कुनै पनि पीडा भएका बिमारीको स्वास्थ्य परीक्षण अनि दुखेको भागको विशेष विश्लेषण गरेर कुन किसिमको मसाज गर्ने हो तय गर्नुका साथै सेन्सरमार्फत मालिसको मात्रासमेत निश्चित गर्छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्