अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिएका छौ



लक्ष्मण के.सी.
कार्यकारी निर्देशक
प्रेसिडेन्सियल विजनेश स्कुल

सन् २०११ मा स्थापना भएको पे्रसिडेन्सियल विजनेश स्कुलले अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटीको एफिलेशनमा नेपालमा विविए र एमविए कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यार्थीले कलेजबाट सैद्धान्तिक ज्ञानका साथ–साथै ब्यवहारीक ज्ञान (सिप) समेत सिक्ने कलेजको दाबी छ ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमा नै सर्वशुलभ शुल्कमा (अमेरीकन डिग्रि) लिन चाहने विद्यार्थीहरुका लागि पे्रसिडेन्सियल विजनेश स्कुल उपयुक्त भएको छ । पे्रसिडेन्सियल विजनेश स्कुलको एमविए र विविएको सम्पूर्ण पढाई (रि–सर्च एवम् केसबेश) हुनुका साथै सम्पूर्ण अध्यायन कम्प्युटर बेशहुने भएकोले अहिलेको डिजिटल एजमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन मद्दत पुग्दछ ।

कलेजले एमविएमा मार्केटिङ, फाईनान्स, अर्गनाईजेशन म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट र अन्टरप्रेनरशिप (उद्यमशिलता) एवं विविएमा मार्केटिङ, फाईनान्स र अन्टरप्रेनरशिप (उद्यमशिलता) मा स्पेसलाइजेशन अफर गर्दछ ।

विद्यार्थीहरुले किन यो कलेज रोज्ने ?
जसले अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमा नै सर्वसुलभ शुल्कमा (अमेरीकन डिग्रि) लिन चाहन्छ त्यसका लागि पे्रसिडेन्सियल विजनेश स्कुल उपयुक्त स्थान हो । हामी हाम्रा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथ–साथै ब्यवहारीक ज्ञान (सिप) पनि सिकाउने गर्दछौं ।

साथै उनीहरुको समग्र व्यक्तित्व विकासका लागि तालिमहरु, एडभान्स ट्रान्सफरमेसन प्रोग्राम लेबल १ देखी ३ सम्म, ग्रुप डिस्करसन, सेमिनार, वर्कसप, फिल्ड भिजिट, ईण्डष्ट्रीयल भिजिट, प्रोजेक्ट वर्क, नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुसँग अन्तरक्रिया तथा उहाँहरुले दिने विशेष क्लास (गेष्टलेक्चर) एवं विद्यार्थीहरुले नै नेतृत्व गरिरहेका क्लबहरुले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरुका साथै विद्यार्थी केन्द्रीत कार्यक्रमहरु भईरहने भएकोले विविए वा एमविए अध्यायन गर्न चाहने विद्यार्थीहरु ढुक्क भएर यो कलेजमा भर्ना भए हुन्छ ।

हामीलाई सम्बन्धन प्रदान गर्ने युनिभर्सिटीले सामाजीक उत्तर दायीत्व (सिएसआर) अन्तर्गत निकै कम शुल्क लिएर हामीलाई अनुमति दिएको छ । विविए डिग्रि हासिल गर्न विदेशमा कम्तिमा ५० हजार डलर खर्च गर्नुपर्छ भने यहाँ त्यही डिग्रिरु. ७ लाख १५ हजार मात्रमा हासिल गर्न सकिन्छ । एमविएका लागि कम्तिमा ४० हजार डलर लाग्छ तर नेपालमा रु. ६ लाख १५ हजारमा २ वर्षको कोर्ष पुरा गर्न सकिन्छ् ।

नेपालमै विश्व स्तरको शिक्षा प्रदान गर्ने संस्थाहरु हुँदाहँुदै विदेश पढ्न जाने विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?
पछिल्लो समयमा नेपालबाट विदेशमा पढ्न जाने विद्ययार्थीको संख्या दिनप्रतिदिन बढीरहेको छ । विदेश जाँदैमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने छैन् । नेपालबाट विदेश पढ्न जाने भनेका अधिकांश मध्ययम वर्गीय विद्यार्थीहरु नै हुन्छन् ।

जसले गर्दा उनीहरुले त्यहाँको विश्वविद्यालयहरुले तोकेको शुल्क र आप्mनो खर्च आफै जुटाउन पर्छ । अभिभावकले नेपालबाट पढाईको लागि पैसा पठाउन सक्दैन बरु विदेशमा रहेका आप्mना सन्तानबाट नै पैसाको अपेक्षा गरेका हुन्छन् ।

त्यहाँको पढाई कति महंगो छ भनेर, जसका कारण धेरैले त पढाई खर्च र बसाई, लवाई–खवाईको खर्च धान्न नसकेर विचैमा पढाई छोड्छन् गैर कानुनी रुपमा वा अन्य वैकल्पिक उपाय गरेर त्यहाँ बसिरहेका हुन्छन् । ग्याप गरेर २ बर्षको पढाई ५–६ बर्षमा पुरा गर्नेको संख्या पनि उल्लेख्यहुन्छ ।

अर्कातिर नेपालबाट विदेश पढ्न जाने वेला लिएको रकम वा ऋण तिर्ने बोझ त हुन्छ नै जसले पढाई पुरा गर्न चाहानेलाई समेत असर गरिरहेको हुन्छ । त्यसैले नेपालमा नै अन्तराष्ट्रिय स्तरको शिक्षा पाइन्छ भने किन विदेश जाने? भन्ने सोच विद्याथीहरुमा बढ्न थालेको छ ।

अमेरिकन डिग्रि भन्ने तर नेपाली कोर्ष पढाउने त होइन ?
अरुले के गर्दछन् मलाई थाहा भएन–हामी कहाँ अमेरिकन कोर्ष नै पढाई हुन्छ । कोर्ष करिकुलम, सिलेबस, बुकहरु अथवा सबै टेक्सहरु अमेरिकन युनिभर्सिटीको नै पढाई हुने हो । हामी कहाँ हामीलाई सम्बन्धन दिने विश्वविद्यालयबाट तालिम प्राप्त प्रोफेसरहरुले क्लास लिनुहुन्छ ।

विद्यार्थीहरुले युनिर्भसिटीको एमआइएस सिस्टममा आफ्नो असाइमेन्टहरु पोष्ट गर्दछन् र अमेरिकन प्रोफेसरहरुले त्यसको अनुगमन तथा ईभ्याल्युसन गर्ने गर्दछन् । यो क्वालिटी कन्ट्रोल मेकानिजम हो । यदी हामीले यहाँको टेक्स पढाउने हो भने विद्यार्थीहरुले असाइमेन्टहरु गर्नसक्दैनन् ती विद्यार्थीहरु फेल हुन्छन् ।

 नेपालमै अमेरिकन डिग्रि हाँसिल गर्दा र अमेरिकामा गएर सोही डिग्री प्राप्त गर्दा के फरक छ ?
एकातिर त नेपालमा निकै सस्तो शुल्कमा पढ्न पाईन्छ भने अर्कातिर नेपालमा हरेक विद्यार्थीले पर्शनल केयर पाउँछ । उता जाँदा त्यो केयर पाउँदैनन् ।

आफै आर्जन गरेर पढ्ने हुँदा पढाइमा राम्रो ध्यान दिन पनि सक्दैनन् जसको कारण जसले कोर्स पुरा गर्दछन् तिनीहरुको अध्ययनको स्तर पनि राम्रो नहुनसक्छ । हो छात्रवृत्तीका गएर पढ्नेहरुको कुरा बेग्लै हो । त्सकारण पनि हामी दाबी गर्छौ की अमेरिकन स्ट्यान्डरको शिक्षा हामीले हाम्रो कलेजबाट प्रदान गरिरहेका छौं ।

नेपालमा रोजगारी प्राप्त गर्न नसकेर यस्तो अवस्था सृजना भएको हो ?
नेपालमा नै मेहनत गर्ने लगनशील विद्ययार्थीका लागि प्रशस्त ठाउँ छन् । कर्पोरेट सेक्टरले योग्य ब्यक्तिहरु नपाइरहेको अवस्था छ । त्यसमा पनि म्यानजमेन्ट ऐजुकेशनको कुरा गर्ने हो भने विविएमा वर्षमा जम्मा ४–५ हजारको हाराहारीमा ग्राजुयट हुन्छन् । एमविएमा त जम्मा जम्मी २ हजारको हाराहारीमा मात्र ग्राजुयट हुनेहुन ।

जब मार्केटलाई हेर्ने हो भने ग्राजुयट हुनेको संख्या निकै न्युन हो । यसको अर्थ, कम्पनीले आवश्यकता छ भन्दैमा जो पायो त्यो ब्यक्तिलाई हायर गर्दैन् । कम्पनीले क्वालिफाइड ब्यक्ति नै खोज्छन् ।

किनकी रोजगारी दिए पछि त्यसको प्रतिफल खोज्नु स्वभाविकै हो । हाम्रो कलेजबाट ग्राज्युयट भएकाहरु कोही पनि बेरोजगार बस्नुपरेको छैन् । कलेजमा जबप्लेसमेन्ट सेल नै छ ।

पढाई सम्पन्न गरेका विद्यार्थीले पास आउट हुने विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।

अवश्य नै । उनीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ र उनीहरुले पनि प्लेसमेन्ट सेलमा आप्mनो तथा आफु कार्यरत संस्थामा जब भ्याकेन्सी छ भने पठाई दिने गरेकाछन् । जसले गर्दा पनि हाम्रा विद्यार्थीहरुलाई काम खोज्न कुनै झन्झट नै हँुदैन् ।

 रोजगारी वा पढाइको लागि विदेश जाने चलनले भविष्यमा देशलाइ कस्तो असर गर्छ ?
हो यो सत्य हो पछिल्लो समयमा विदेश जाने सस्कृति नै बनेको छ । त्यसलाई रोक्न सरकार तथा सरोकारवालाले समयमै ध्यान दिनुपर्ने देखिन्छ । युवा विना देश विकासको सम्भवना नै छैन् । विदेश जानेमा सबै युवाहरु भएकाले यसले देश विकासमा समेत असर गर्छ ।

विदेश रोजगारी वा पढ्न गएको ब्यक्तिको उर्जाशिल समय विदेशमा नै विताउने गरेको पाइन्छ । रोजगारीको निम्ती मलेसिया एवं खाडी मुलुकमा जानेहरुको कथा–व्यथा जस्तै अवस्था छ पढाईको निम्ती अमेरिका, युरोप वा अस्ट्रेलिया जानेहरुको पनि ।

तैपनि हाम्रो समाजमा मेरो छोरा अमेरिका, अस्ट्रेलिया छ भन्ने कुरालाई समाजिक प्रतिष्ठाको रुपमा हेर्न थालियो । जबकी त्यहाँ आफ्नो छोराले कस्तो काम गर्छ भन्ने कुराको मतलव छैन् । यस्ता सेचाइले नेपाललाई भविश्यमा समाजीक तथा आर्थिक रुपमा ठूलो भडखालोतीर पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस्