बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान टेक्सास कलेज



टेक्सास इन्टरनेसनल कलेज एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । यस कलेजले २०१० देखि बहुआयामिक संस्थाका रुपमा अध्यापन गर्दै आइरहेको छ । विज्ञान, व्यवस्थापन र मानविकी संकाय तर्फका शैक्षिक गतिविधिहरु सञ्चालन हँुदै आइरहेका छन् ।

दक्ष, लगनशील अनुभवी तथा विद्वत् व्यक्तित्वहरुको संलग्नतमा शिक्षण, प्रशिक्षण गतिविधिमार्फत वर्तमान परिवेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन लक्ष्य लिएको छ साथै यस कलेज शैक्षिक र दक्ष विद्यार्थी उत्पादनमा ठूलो भुमिका खेल्दै आइरहेको छ ।

टेक्सास कलेजले त्रिविबाट सम्बन्धन प्राप्त बिएस्सी सिएसआइटी, बिबिएस, बिए, बिएसडब्ल्यु, र एमबिएस संकाय मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ । लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आईटीले बिबिए, एमबिए, बिआइटी र बिसिए का कक्षाहरु पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

यस कलेजमा आबद्ध भएका विद्यार्थीहरुले विषय शिक्षकका साथसाथै विभिन्न संस्थामा आबद्ध प्राध्यापक तथा ख्यातिप्राप्त विद्वाहरुसँग पनि आफ्ना विचारहरुको आदानप्रदान गर्ने विभिन्न अवसरहरु उपलब्ध गराइरहेको छ ।
प्रविधिमैत्री पठनपाठनमा विषेश जोड दिँदै आएको यस कलेजले सबै विषयमा आधुनिक पद्दति अपनाइ व्यावहारिक शैलीमा व्यावहारिक पठनपाठन गराइरहेको छ ।

टेक्सास कलेजले आइटी का क्षेत्रमा पनि दक्ष विद्यार्थी उत्पादन गराइरहेको छ । बिएससी सिएसआइटी, बिआइटी, बिसिएस(नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी जस्ता विषयहरु अध्यापन गराइरहेको कलेजले इनहाउस कम्पनीमा विद्यार्थीहरुलाइ इन्टर्न साथै जब प्लेसमेन्ट को व्यवस्था मिलाएको छ । दक्ष शिक्षकहरुद्वारा फ्रेन्डली इन्भारोमेन्टमा जोड दिँदै आएको कलेजले सूचना प्रविधिसम्बन्धी अतिरिक्त क्रियाकलापमा विषेश जोड दिने गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी शिक्षा हासिल गरेका छन् । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरु नेपाल तथा विदेशका ख्यातिप्राप्त आइटी कम्पनीहरुमा कार्यरत छन् । नियमित पाठ्यक्रमका साथसाथै कलेजले व्यावसायिक पाठ्यक्रम पनि दैनिक रूपमा रुपमा प्रदान गराइरहेको छ जसले गर्दा इन्डस्ट्री र एकेडेमी बिचको खाडलाई चिर्न सफल भएको छ ।

कलेजले मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको कलेजले व्यवस्थापनमा बजार लक्षित जीवन उपयोगी शिक्षलाई विशेष जोड दिएको छ । यस कलेजबाट उत्पादित विद्यार्थीहरु नेपालका ख्याति प्राप्त बैंक, वित्तीय संस्था तथा सरकारी सेवामा नेतृत्वदायी भूमिकामा पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्