‘जनताको आवश्यकता पहिचान गरेर काम गरेका छौं’



पोखरा महानगरपालिका प्राकृतिक स्रोत र साधनमा धनी छ । विदेशी पर्यटकीयहरुको पहिलो रोजाईको गन्तव्य पनि पोखरा नै हो ।

पोखरालाई थप व्यस्थित गर्नको लागि पोखरा महानगरपालिकाले दजनौ योजनाहरु अगाडि सारेको छ । सुन्दर पोखरा महानगरपालिकाभित्र बढदो जनसंख्याको चापसँग समस्या पनि थपिदै गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि डेढ बर्ष वितिसकेको छ ।

निर्वाचनमा जनताको विश्वास जितेर विजयी भएका जनप्रतिनिधिहरुसँग नागरिकहरुको आशा र अपेक्षा बढी नै छ । यसै विषयमा निर्वाचित भएपछि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम भयो कि भएन भन्ने विषयमा पोखरा महानगरपालिका–१० का वडा अध्यक्ष राजकुमार गुरुङसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

राजकुमार गुरुङ
वडा अध्यक्ष पोखरा महानगरपालिका–१०

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार के–के काम गर्नुभयो ?
–निवार्चमा जनतासँग पूरा गर्न नसकिने प्रतिबद्धता व्यक्त गरिएको थिएन । मैले निर्वाचनको क्रममा जनतासँग भोट माग्दा वडालाई व्यवस्थित गर्ने प्रतिबद्धता गरेको थिए । प्रतिबद्धता अनुसार धेरै काम भएका छन् ।

डेढ बर्षको अवधिमा काम भएका छन् । जनता खुसी नै छन् । विकास निर्माण भनेकै भौतिक पूर्वाधारको विकास रहेछ । सडकलाई व्यवस्थित गर्ने काममा जुटेका छौं । केही सुधार गरिसकेका छौ, केही सडकलाई सुधार गर्ने क्रममा छौं । बाँकी अवधिमा निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्नको लागि स्पष्ट योजना सहित अगाडि बढेका छौं ।

हामीले जनताको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिता दिएर काम गरिरहका छौ । अहिले दुई वटा क्षेत्रमा खानेपानीको समस्या छ । त्यसको समाधानको खोजीमा लागेका छौं । बाँकी विकास निर्माणको कामलाई क्रमश अगाडि बढाउदै जान्छौ । वडालाई समृद्ध र व्यवस्थित बनाउने कार्यमा जुटेका छौं । २०६८ सालको जनगणना अनुसार वडाभित्र झण्डै १९ हजार जनसंख्या छ । वडाभित्र सडकको अवस्थामा राम्रो छ । कच्ची भएको सडक यो बर्षभित्र पिच हुन्छ ।

पोखरा अद्यौगिक क्षेत्रबाट अत्याधिक रुपमा प्रदुषण भयो भन्ने गुनासो छ नि ?
– हो, औद्योगिक क्षेत्रबाट निस्कने प्रदुषण थियो । हामीले पोखराको औद्यगिक क्षेत्रबाट निस्कने प्रदुषलाई नियन्त्रण गर्ने काममा लागेका छौ । जनताको गुनासो अनुसार हामीले उद्योगीहरुसँग छलफल गरेर नियन्त्रणको पहल जारी राखेका छौं ।

उद्योगीहरुसँग समन्वय गरेर अहिले ८० प्रतिशत फोहोर नियन्त्रण भएको छ । बाँकी फोहोर पानीलाई पनि कसरी राम्रो बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं । २०३१ सालमा स्थानापना भएको अद्यौगित क्षेत्रमा हजारैले रोजगारी प्राप्त गरेका छन् ।

प्रदुषण भयो भन्दैमा रोजगारी दिने उद्योगलाई बन्द गर्ने कुरा पनि भएन । समस्याको उचित समाधान गरेर अगाडि बढने विषयमा नै हामीले पहल गरिरहेका छौं । उद्योगबाट निस्कने हरेक फोहोरलाई ९५ प्रतिशत सफा गरेर निष्कासन गर्नुपर्ने मापदण्ड रहेको छ । यो नियम पोखरा अद्यौगिक क्षेत्रमा मात्र होइन कुनै पनि औद्योगिक क्षेत्रमा लागू भएको छैन् । नागरिकहरुको सरोकारसँग जोडिएको विषयमा हामी गम्भीर छौं । सकेसम्म मापदण्ड पालना गराउने गरी नै हामीले उद्योगीहरुसँग समन्वय गरिरहेका छौं ।

पोखरा इलेक्ट्रोनिक शवदाह गृह निर्माण गर्ने प्रक्रिया कहाँ पुग्यो ?
–हामीले पोखरालाई स्मार्ट सिटी बनाउने योजना अगाडि सारेका छौं । स्मार्ट सिटीमा भनेको प्रविधिको प्रयोग भएको शहर हो । भौतिक पूर्वाधारको उपलब्धतासँगै प्रविधिको प्रयोग स्मार्ट सिटीमा हुन्छ ।

पोखरालाई राम्रो बनाउनको लागि रामघाटमा इलेक्ट्रोनिक शवदाह गृह बनाउनु पर्छ भन्ने योजना मैले महानगरपालिकामा राखेको छु । मेयरज्यू पनि यस योजनामा सकारात्मक हुनुहुन्छ । अहिले खोलाको किनारामा लाश जलाउने गरिएको छ । इलेक्ट्रोलिक शवदाह गृह निर्माण गरेको खण्डमा प्रदुषण नियन्त्रण हुन्छ । पशुपतिमा जस्तै शवदाह गृह बनाउन पर्छ ।

पोखरामा पहिलो पटक निर्माण गर्न सकेको अवस्थामा धेरै राम्रो हुन्छ । तीन वटा मेसिन खरिद गर्न करिब १२ करोड रुपैयाँ खर्च हुने रहेछ । राम्रो काम गर्नको लागि साइत हेरिरहनु पर्दैन । यो पोखरावासीको हितमा छ । त्यसैले यसलाई प्राथमिकताको साथ अगाडि बढाउनु पर्छ ।

फोहोर मैलाको व्यवस्थापनमा समस्या छ कि छैन ?
२०६८ सालको जनगणना अनुसार पोखरा महानगरपालिका–१० मा १८ हजार जनसंख्या रहेको छ । यो अवधिमा केही जनसंख्या पनि बढेको छ । बढ्दो जनसंख्याको चापसँगै आवश्यकता पनि बढ्दै जान्छ ।

हामीले महानगरपालिकामा पटक–पटक कुरा राखेका छौं । महानगरपालिकाले एकमुष्ट रुपमा फोहोर उठाउन सक्दैन भने वडालाई दिनुहोस । अहिले ठेक्कामा दिइएको छ । तर ठेकेदारले पनि महानगरपालिकाकै गाडी चलाइरहेको छ । हामीले फोहोर पनि हामी नै उठाउछौ महानगरपालिकाको गाडी पनि हामी नै चलाउछौ भनिरहेका छौं । फोहारलाई हामीले सदुपयोग गर्ने योजना अगाडि बढाएका छौ । फोहोरलाई तीन प्रकारमा विभाजन गर्ने ।

एउटा सिसाजन्य, दोस्रो गल्ने र अर्को र सडदै नसडने । एक अध्ययनले ६५ प्रतिशत चाही गल्ने प्रकारको फोहोर आउने देखाएको छ । ३० प्रतिशत हामीले रिसाइकल गर्ने र पाँच प्रतिशत मात्र काम नलाग्ने फोहोर आउने गर्छ । कम्पोष्ट बनाउन जनातासँग साझेदारी गरेर लैजाने योजना अगाडि सारेका छौं । अब हाम्रो वडामा खेतबारी त छैन् ।

तर कौशी खेतीबाट पनि राम्रो तरकारी खेती गर्न गर्न सकिन्छ । घरघरबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाएर तरकारी उत्पादनमा लैजाने हाम्रो योजना छ । यसो गर्दा हरेक घरपरिवारले आफ्नो लागि आवश्यक पर्ने तरकारी उत्पादन गर्न सक्छ ।

घर निर्माणमा मापदण्ड कतिको लागू भएको छ ?
–महानगरपालिकाले बनाएको नियमलाई हामीले वडामा प्रभावकारी रुपमा लागू गरेका छौं । हामीले घर तथा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रुपमा मापदण्ड लागू गरेका छौ । अबको वस्ती निर्माणहुँदा मापदण्ड लागू भएको हुनेछ ।

जताततै कर बृद्धि भएको चर्चा छ यहाँको वडामा नि ?
–स्वभाविक रुपमा करको दायरा बढेको छ । हामीले जनताले तिर्न नै नसक्ने गरी कर बढाएका छैनौ । मालपोत कार्यालयले जग्गाको मुल्य बढाएको हुनाले कर पनि बढेको हो । अब कुनै बैकिङ कारोबार गर्दा जग्गाको मुल्य पनि बढेदा सजिलै हुन्छ नि ।

हामी ठूलो कुरा गरेर धेरै गर्न सक्छौ जस्तो लाग्दैन । हामी वडामा काम गरिहरेको छौ । वडा बनाउने काम वाडावासी र जनप्रतिनिधिहरुको हो । सबैले वडा बनाउने काममा लागेपछि महानगरपालिका बन्ने हो । सबैले आफ्नो दायित्व र कर्तव्य सम्झिाएर काम गरेको अवस्थामा विकास र समृद्धि आफै आउछ । कुरा गरेर होइन समृद्ध काम गरेर ल्याउन सकिन्छ ।

रोजगारी सृजना गर्ने विषयमा के योजना अगाडि सानुभएको छ ?
–पोखरा पर्यटकीय गन्तव्य हो । हामीले विदेशमा रहेका युवाहरुलाई भन्दा पनि वडाभित्र रहेका बेरोजगारहरुको लागि रोजगार सृजना गर्ने हो । अहिले युवाहरुलाई स्वरोजगार बनाउको लािग विभिन्न सीपमूलक तालिम सञ्चालन गरेका छौं ।

हाम्रो वडाभित्र ऐतिहासिक धार्मिकस्थलहरु प्नि रहेका छन् । त्यसलाई पोखराको पर्यटकीय रुटमा समावेश गर्ने कायमा लागेका छौं ।

 

प्रतिक्रिया दिनुहोस्