नाप्mटाबाट क्यानाडा बाहिरिने ट्रम्पको चेतावनी



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले नयाँ नाफ्टा सम्झौताबाट क्यानाडालाई बाहेक गर्ने चेतावनी दिएका छन् । क्यानाडासँगको वार्ता सम्झौताको पुनलेखन गर्न असफल भएपछि ट्रम्पको उक्त ट्विट आएकोहो ।

‘नयाँ नाफ्टा सम्झौतामा क्यानाडालाई राख्नै पर्छ भन्ने कुनै राजनितिक बाध्यता छैन । दशकौंसम्मको शोषणपछि अमेरिकाका लागि यदि हामी निस्पक्ष सम्झौता गर्न सक्दैनौ घने, क्यानाडा बाहिन्छ । ‘ उनले ट्विटमा लेखेका छन् ।
कंग्रेसले यी वार्तामा हस्तक्षेप गर्न पाउने छैन वा म नाफ्टालाई पुर्ण रुपमा समाप्त पार्नेछु र हामी झन राम्रो बनाएर लानेछौं ।

अमेरिका र क्यानाडाबीच बुधबार पुन वार्ता गर्ने तय भएको छ र ओट्टावा र वासिङटनलाई अझैपनि सहमतिमा पुग्ने समय छ जसले क्यानाडालाई विगत २५ बर्ष देखि मेक्सिको समेत रहेको उक्त सन्धीमा राख्न सक्नेछ ।
तर ट्रम्पको पछिल्लो ट्विट क्यानाडाली वार्ताकारलाई दबावमा राख्न गरिएको जस्तो देखिएकोछ ।

गत हप्ताको पुर्वाद्धमा उत्तर अमेरिकी खुला ब्यापार सम्झौता पुनर्लेखनका लागि अधिकारीहरु सहमति नजिक पुगेको देखिएका थिए । तर ट्रम्पको भडकाउपुर्ण टिप्पणी आएपछि केही क्यानाडालीले उनले गलत अभिप्रायले बार्गेनिंग गरेको र वार्ता भाड्ने प्रयास गरेको धारणा राखेका थिए ।

ट्रम्पले नाफ्टालाई अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भएको आफनो बयान दोहोर्याउँदै त्यसको निन्दा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्