पहिरोमा ३ बालबालिका बेपत्ता



सल्यान । बागचौर नगरपालिका–१२ ओख्रेनी मूलखोलामा आएको पहिरोमा तीन बालबालिका पुरिएका छन् ।

आइतबार ५ बजे स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका दुई छोरी र एक छोरा बेपत्ता भएका हुन् । पहिरोमा पुरिनेमा उनकी १० वर्षीया छोरी ललिता, सात वर्षीया छोरा ललित र चार वर्षकी छोरी मेनका डाँगी रहेको वडाअध्यक्ष दीपक वलीले जानकारी दिए ।

पहिरोमा परी बालाराम डाँगी र उनकी श्रीमतीसमेत घाइते भएका उनले बताए । घरमा बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोमा तीन बालबालिकासहित गाईवस्तुसमेत पुरिएका वलीको भनाइ छ । ठूलो पहिरो र भारी वर्षाका कारण उद्धारमा कठिनाइ भउको प्रहरीले जनाएको छ ।

पहिरोमा परेकाहरूको उद्धारका लागि प्रहरी खटिएका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘खबर आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘पहिरो पन्छाएर खोज्दै छौँ ।’

प्रतिक्रिया दिनुहोस्