बिऊझियो बालापन



आफू सानो छँदा धेरै नेपालीले आफ्ना दौतरीसँग धेरै किसिमका खेल खेल्छन्, जुन स्वभाविक हो । स्कूले उमेरकाहरुले खेल्न नछुटाउने खेल हो ‘जोर विजोर’ । धेरै अधबैशे अनि उमेर निकै ढल्किएकाहरुले यो खेल पक्कै स्मरण गर्छन् । टोल बस्तीमा छोरा–छोरी अनि नाती तानिताले हो हल्लाह गर्न थालेपछि पुराना दिन ताजा भइहाल्छ ।

काठमाडौं उपत्यका बासी धेरैलाई अहिले सरकारले वालापन सम्झाएको छ । बिमस्टेक सम्मेलन सफल बनाउने नाममा सवारीमा जोर विजोर प्रणाली लगाएपछि वालापन विर्सने कुरै भएन । मन्त्री, नेता र अन्य उच्च पदस्थहरुका लागि जोर विजोर अनिवार्य नभएपनि यही मौकामा उनीहरुले पनि झलझली बालापन सम्झिएको धरहराले बुझ्या छ ।

जोर विजोर प्रणालीले जसरी काठमाडौंबासीलाई बालापन सम्झायो, बिमस्टेकले झनै ठूलो छाप छोड्दैछ । कफ्यू लागेझै देखिने सडक, कार्यालय जान विहान सबेरै घरबाट निस्कनुपर्ने बाध्यता अनि सार्वजनिक सवारीको सास्ती भएपछि अहिलेका स–सना बच्चाले पनि बिमस्टेक विर्सन नसक्ने भए भन्या । यही सम्मेलनका कारण गर्भवतीहरुले पाएको सास्ती देख्दा त पेटमा भएको बच्चाले पनि भविष्यमा बिमस्टेकबारे राम्रै प्रवचन दिन बेर छैन ।

प्रतिक्रिया दिनुहोस्