नेपाल बंगलादेश बैंकको दुई शाखा थप



काठमाडौंै, (नेस)
नेपाल बंगलादेश बैंकले ७५ र ७६औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहंँुको दमौलीमा र अर्घाखाँचीको सन्धिखर्कमा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार शुरू गरेको छ।

बैंकले त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यलेआफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। सबै शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ७६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५७वटा एटीएमबाट बैंकिङ सुविधा दिँंदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्