देउखुरीमा एक महिला पछि शव फेला



दाङ ।
देउखुरीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका–५ पहरुवास्थित दोलाइखोला किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

आज दिउँसो दोलाइखोला नजिक शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खोलाले बगाई ल्याएको शवको पहिचान हुन नसकेको प्रहरी जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्