धार्मिक पर्यटनको प्रचुर सम्भावन बोकेको दुधपोखरी संरक्षणको अभावमा उपेक्षित



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा रहेको दुधपोखरीले धार्मिक पर्यटनको प्रचुर सम्भावन बोकेको भए तापनि संरक्षणको अभावमा उपेक्षित भएको छ । ऐतिहासिक चेपे नदीको मुहान समेत रहेको सो पोखरीको संरक्षण तथा प्रवद्र्धनका कार्यमा संघीय, प्रदेश वा स्थानीय कुनै पनि सरकारी निकायको नजरमा परेको छैन भने स्थानीयवासीको समेत ध्यान गएको देदिदैन ।
दूधपोखरी कुण्डमा जनैपूर्णिमाको अवसर आफू खुशी नुहाउन जानेहरूको चाप भने प्रतिवर्ष बढी रहेको छ । दूधपोखरीमा नुहाउँदा मानवजीवनमा जानी नजारी गरेको पाप पखालिने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौं तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन हरेक वर्ष जनैपूर्णिमामा त्यहाँ पुग्ने गर्दछन् ।
संरक्षणको अभावमा पोखरी प्रतिवर्ष पुरिदै गएको दूधपोखरीमा नुहाउन जाने भक्तजनहरूको गुनासो छ । बेसीशहर नगरपालिका– ७ निवासी शंभु पौडेलले आफू ७ जनाको टोलीका साथमा दूधपोखरी जाँदै गरेको बताउनु भयो । उहाँका अनुसार आज दूधपोखरीभन्दा ३ ण्टा वर रहेका गाई गोठमा बस्ने र भोलि बिहान ४ बजेदेखि यात्रा गरी ७ बजे पोखरीमा उक्त दुधपोखरी कुण्डमा जनैपूर्णिमाका दिन नुहाउँदा सम्पूर्ण पाप नष्ट हुने मात्र नभई त्यहाँबाट पितृलाई तर्पण दिदा पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ ।
दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा रहेर्को छ । सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले मनास्लु र हिमालचुली हिमालको काखमा रहेको त्यस धार्मिक स्थलमा हरेक बर्ष जनैपूर्णिमाको दिनमा लमजुङमात्र नभई गोरखा, तनहूँ, कास्की, चितवन र काठमाडौं देखिका तीर्थालु भक्तजनहरू नुहाउन पुग्ने गर्दछन् । भन्नुभयो । उहाँका अनुसार यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने जनविश्वास रहेको छ ।
त्यहाँ जाने बाटो निकै अप्ठेरो छ, दुधपोखरी जाँदा तीर्थयात्रीहरूले सामान्य बाटोको आकार पत्ता लगाउँदै हिड्नुपर्छ । अनुभवी तीर्थयात्री वा स्थानीय बासीन्दाको सहयोग नलिए बाटो बिराउने सम्भावना बढी हुने उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा बताउनु हुन्छ ।
बाटो जोखिमपूर्ण भएपनि दुधपोखरी पुगेपछि दुःख भुलिन्छ लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘दुधपोखरी धार्मिक, सांस्कृतिक, प्राकृतिक र सामाजिक हिसावले निकै महत्वपूर्ण रहेपनि यो सरकारको नजरमा पर्न सकेको छैन, उपेक्षित छ ।’
मानववस्तीबाट निकै टाढा रहेको दूधपोखरी पुग्नका लागि लमजुङको प्रवेशद्वार रहेको पाउँदीबजार देखि प्यारजुङ हुँदै इलमपोखरीको जोर्नेसम्म मोटरमा यात्रा गर्न सकिन्छ भने लिपेलेकदेखि पैदलयात्राबाट गैरीखर्क, धर्म गौंडो हुँदै दुई दिनमा दूधपोखरी पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्