अपांगका सारथी बन्दै मारवाडी युवा



यमलाल भुसाल, बुटवल ।
मारवाडी युवा मंच बुटवल र भैरहवाले अपांगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा निशुल्क बितरण गर्ने भएको छ ।
“मानविय सेवा नै धर्म हो ” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको युवा मंचले अपांगताका कारण दुःख पाएका व्यक्तिहरुलाई कृतिम खुट्टा निशुल्क बितरण गरेर सहयोग गर्ने भएकोजनाएको छ ।
सामाजिक सेवामा सधै सक्रिय युवा मंचले गरिव दुःखी तथा असहायलाई कृतिम खुट्टा निशुल्क बितरण गर्नका लागी युवा मंच भैरहवाका सल्लाहकार अरुण अग्रवाललाई संयोजक तोकेको छ ।
भदौ १६ गते देखी २० गते सम्म नाम दर्ता गर्ने र २३ गते खुट्टाको नाप गर्ने आयोजकले बताएका छन् । कृतिम खुट्टा आवश्यक भएकाहरुले सम्र्पक गरि फाईदा लिनका लागि मारवाडी सेवा संघ भैरहवाको भवनमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्