मदन भण्डारी एसियाली बिद्यालयको उद्घाटन



सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रम ओली

पुष्कर बुढाथोकी, भक्तपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एसियाली बिद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तिव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्नेगरि कार्य गरिरहेको बताउनुभयो छ ।
प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण रहेको भएतापनि नेपाल आफैमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने भनाई राख्नुभयो । भारत र चिनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उहाँले नेपालमा अब द्धन्द्ध व्यबस्थापन भईसकेकोले विसका र समृद्धिलाई पूर्णता दिने बताउनु भयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको समृद्धी र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको चर्चा गर्दै आएका चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई पुरा गर्ने विचार व्यक्त गर्नुभयो ।
नेता वामदेव गौतमले देशमा धेरै अवसरहरु आएकाले यो अवसरको सरकारको सदुपयोग गर्ने बताउनुभयो ।
आजदेशि आगामी २१ दिनसम्म आवासीय रुपमा संचालन हुने कक्षामा बिभिन्न १४ भन्दा देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय स्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवा एवं कम्युनिजमकाबारेमा पढाईने छ । जसमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, तान्जिनिया, ट्युनिसिया, मोरेसियो, फिलिसिन्स, दक्षिण अफ्रिका,पाकिस्तान, थाईल्याण्ड, ईष्टिमोर्ड, अर्जेन्टिना, ब्राजिल, लगायतका देशका ५० जना नागरिक प्रशिक्षार्थीका रुपमा सहभागिता रहेको छ ।
२१ दिनको प्रशिक्षणमा नेपालबाट बिभिन्न नेताहरु ,अमेरिकाका क्रिसो क्रुसो, भारतबाट डा. विजय प्रसाद लगायत विभिन्न देशका कम्युनिजमका विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रममा संयोजक प्रमेश पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्