यस्तो छ रोनाल्डोले युभेन्टस रोज्नुको कारण



लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले आफू युभेन्ट्स जानुको कारण खुलाएका छन्। गत सिजन रियल मेड्रिडका तर्फबाट युभेन्ट्सविरुद्ध उनले गरेको ओभर हेड किक नै उनी युभेन्टस जानुको कारण भएको बताए।‘ओभर हेड किक गोलमा पाएको सम्मानकै कारण म यहाँ आएको हुँ,’ –रोनाल्डोले भनेका छन्। उक्त गोल गर्दा युभेन्ट्सका समर्थकहरूले समेत उठेर रोनाल्डोका लागि ताली बजाएका थिए।

उनले त्यसबेला युभेन्ट्सका समर्थकले आफूप्रति गरेको सम्मानले आफू अत्यन्त खुशी भएको बताएका थिए। उक्त गोलपछिको सम्मानले उनलाई युभेन्ट्स जाने इच्छा जगाएको उनले भने।

प्रतिक्रिया दिनुहोस्