फेसबुकमा प्रम ओलीलाई असर पर्ने फाेटाे सेयर गर्दा वडा सचिव पक्राउ



 

काठमाडौँ ।
सामाजिक सञ्जाल फेसबुकममा भ्रमपूर्ण, नकरात्मक दृष्टिकोणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असर पर्ने फाेटाे सेयर गर्दा वडा सचिव पक्राउ परेका छन् । भक्तपुर, सुर्यविनायक नपा–३ घर भएका होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । सिग्देल काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव हुन् । सिग्देललाई बबरमहलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार सिग्देललाई विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तीलाई रु १ लाखसम्म जरिवान वा पाँच बर्ष सम्म कैद वा दुबै सजाय हुनेछ ।
थप अनुसनधान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्