पर्यटन प्रवद्र्धन गर्न १७ जनाले क्यानोनिङ सिके



लमजुङ ।
लमजुङमा पर्यटन प्रवद्र्धन गर्न सहासिक क्यानोनिङ गरिएको छ । बेसीशहर नगरपालीका– १ उदीपुरकोे खाईखुरे झरनामा २ दिनसम्म क्यानोनिङ गरिएको हो ।
सो झरना डुम्रे– बेसीशहर सडक खण्डमा पर्ने गाईखुरेमा पर्दछ । २ दिनसम्म गरिएको क्यानोनिङमा पहिलो दिन दक्ष प्राबिधिकहरूको समुहले क्यानोनिङ गरेक थिए । दोस्रो दिन ती दक्ष प्राविधिकहरूको सहयोगमा सुरक्षीत तरिकाले अन्य १७ जनालाई क्यानोनिङ गराइएको थियो । 
क्यानोनिङलाई साहसिक खेल मानिन्छ यो गर्दा आँफुलाई निकै रामाईलो अनुभव भएको बेसीशहर– ७ निवासी राजु अर्यालले बताउनुभयो । उहाँका अनुसार यो सहित तेस्रो पटक क्यानोनिङ गरेको अनुभव सुनाउँदै अन्य साथीहरूलाई पनि यसको मज्जा लिन अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले क्यानोनिङका लागि आवश्यक सुरक्षा पुरा गरी यसलाई निरन्तारता दिन सके पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नु भयो । लमजुङबाटै क्यानोनिङ पेशामा लागेको राजेश लामा तामाङले ‘लमजुङमा पनि व्यवसायीक रुपमा क्यानोनिङ गर्न सकिन्छ भन्ने लागेको थिएन तर व्यवसायिक रुपमा क्यानोनिङलाई अगाडि बढाउन सफल भएकोमा निकै खुसी लागेको बताउनुभयो ।’ उहाँसँग क्यानोनिङको १३ बर्षे अनुभव छ ।

६ जना दक्ष प्राविधिकहरूले सुरक्षित तरिकाले क्यानोनिङ गराएका थिए । खाईखुरे झरनामा क्योनोनिङ गर्नका लागि चितवन, पोखरा, तनहुँ, गार्खा देखि पर्यटकहरू लमजुङ आएका थिए । पछिल्लो समय गाईखुरे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । बालबालिका हुन अथवा यूवा यूवतीहरु फुर्सदको समय वियालिन सो झरना पुग्ने गर्छन । झरनामा जाने नुहाउने फोटो खिच्ने र सामाजिक संजालमा राख्ने को संख्या पनि निकै बढेको छ । अरु दिन भन्दा शनिबार र अन्य विदाका दिन झरनामा रमाउनेहरूको संख्या निकैे हुन्छ । स्कूले बिद्यार्थीदेखि लिएर कर्मचारीहरू पनि बिदाको दिन झरनामा गएर रमाउने गर्दछन् ।
विभिन्न जिल्लाबाट सो झरनामा आनन्द लिन आउँने संख्या दैनिक २ सयको हाराहारीमा रहेको स्थानीयले बताएका छन् । क्यानोनिङको सम्भावना बढेसँगै उक्त झरनालाई ब्यवस्थित गर्नका लागि अन्य संघ संस्थासग मिलेर झरनालाई थप ब्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउँने तयारीमा नगरपालिका रहेको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताउनुभयो ।

लमजुङ टेलिभिजनको आयोजना तथा बेसीशहर नगरपालीकाको सहयोगमा क्यानोनिङ गरिएको आयोजक लमजुङ टेलिभिजनका कार्यक्रम संयोजक सुशीला पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्ला तीनवर्षदेखि गाईखुरे झरनालाई प्रबद्र्धन गर्र्ने उद्धेश्यले लमजुङ टेलिभिजनले प्रत्येक बर्ष क्यानोनिङ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्