गुल्मीमा एउटा निर्माण व्यवसायीले २ वटा भन्दा बढी ठेक्का लिन नपाउने



अनिल खत्री, गुल्मी ।
गुल्मीका एक स्थानिय तहमा एउटा निर्माण व्यवसायी २ वटा भन्दा वढि निर्माणको काम गर्न नपाउने भएका छन् । एउटा निर्माण व्यवसायीले धेरै कामहरु जिम्मा ल्याउने तर सयमा पूरा गर्न नसक्ने परिपाटीलाई अत्य गर्न भन्दै गुल्मीका निर्माण व्यावसायी संघ र स्थानिय तहका जनप्रतिनिधी बिच सहमती गरेका छन् ।
मंगलवार सदरमुकाम तम्घासमा निर्माण व्यवसायी संघ गुल्मीले राखेको कार्यक्रममा जिल्ला स्थित १२ वटा स्थानिय तहका प्रमुख तथा उपप्रमुख सहितको टोलीले सहमती गरेका हुन् । निर्माण व्यवसायीले तेस्रो निर्माणको कार्यलिनका लागि पहिलो निर्माण कामको ८० प्रतिशत कार्य सम्पन्न भैसकेको हुनुपर्ने निर्णय भएको निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले बताए ।
निर्माण व्यवसायीले तोकिएको समयमा काम पुरा गर्न नसक्ने,काम गरेतापनि गुणस्तर हिन काम गरेको तिब्र आलोचना बेला बेलामा उठने गरेको छ । तर निर्माण व्यवसायी संघ गुल्मीले भने फरक खालको परिपाटीको सरुवात गरेका छन् । निर्माण व्यावसायीले काम गर्ने शिलसिलामा कमी कम्जोरीमा सुधार ल्याउन र सुझाव लिने उदेश्यले स्थानिय तहका जनप्रतिनिधीसँग फरक खालको कार्यक्रम गरिएको अध्यक्ष पोखरेलले बताए ।
निर्माण व्यवसायीले जुन कम्पनीले काम जिम्मा ल्यायो उसैले नै काम गर्नु पर्ने र उप ठेक्का लगाउन नपाइने निर्णय गरेका छन् । निर्माण कार्य सम्झौता अवधी भित्र काम सम्पन्न गर्न नसके व्यवसायीलाई २ वर्ष ठेक्का नदिने समेत जनप्रतिनिधी बिच सहमती गरेका छन् ।
निर्माणका कामलाई छिटो छरितो ढंगबाट सम्पन्न गर्नको निम्ती एउटै निर्णय गरेका छन् । निर्माण व्यवसायी संघ गुल्मी र १२ वटै स्थानिय तहका जनप्रतिनिधी बिच भएको सहमतीमा नयाँ निर्माण व्यवसायी फम दर्ता गर्न २५ हजार शुल्क र नबिकरण का लागि ५ हजार लिने निर्णय गरेका छन् ।

 

निर्माण व्यवसायीले मेसिन, औजारहरु जेसिबी प्रति घण्टा डिजल,भत्ता,खाना समेत भाडा २ हजार लिने निर्णय भएको निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले बताए । चेनवाला एस्काभेटरु हेबी डोजर प्रति घण्टा ४ हजार २ सय र ब्रेकरको १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको श्रेष्ठले बताए ।
स्थानिय तहले ‘घ’ वर्गको दिने निर्माण व्यवसायीको लाइसेन्सको लागि एक जना प्राबिधिक स्नातक तह अनिवार्य हुनुपर्ने, टिपर ट्याक्टर एक एक थान मिक्चर एक थान हुनु पर्ने निर्णय गरेको

 

छन् । लेवल थेडोलाईट एक एक थान, वाटर पंप तिन थान, भिइब्रेटर तिन थान अनिवार्य हुनुपर्ने व्यवसायीलाई मात्रै लाइसेन्स दिने निर्णय गरेका छन् ।
लाइसेन्स सिफमरिस समिति समेत गठन गरेका छन् । निर्माण व्यवसायीको लाइसेन्स दिन कार्यकारी प्रमुख,इन्जिीनियर र निर्मार्ण व्यवसायी प्रतिनिधी रहेको समिति समेत गठज गरेका छन् । बालुवा कर सवारी करमा एकरुपता ल्याउन ४ सय र ८ सय कर लाग्ने निर्णय गरेका छन् ।
खोलावाट वर्षातको समयमा र पुल तथा अन्य क्षेत्रलाई असर नपुग्ने गरि जेसिबी हेबी इकुमेन्टबाट पनि बालुवा गिटी निकाल्न पाइने निर्णय गरेका छन् । गाउँपालिले आर्थिक वर्षको सुरुवातमै ठेक्का लगाउनु पर्ने र आर्थिक वर्षको अन्त्यमा हतारमा ठेक्का लगाउदा काम पनि राम्रो नहुने परिपाटीलाई अत्य गर्ने निर्णय गरेका छन् ।

काममा ढिला सुस्ती गर्ने सच्चीनु पर्छ
कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधीले देश निर्माण गर्ने जिम्मा लिएका व्यवसायी सच्चीएर अगाडी वढनु पर्ने बताएका थिए । चन्द्रकोट गाउँपालिका प्रमुख दोर्णबहादुर खत्रीले केहि निर्माण व्यवसायीले समयमै काम पुरा गर्न नसक्नुले जनप्रतिनिधी नै आलोचित बन्नु परेको बताए ।
सबै निर्माण व्यवसायी भन्दा पनि केहि निर्माण व्यवसायीको कारण समयमा काम पुरा गर्न नसक्नुले जनप्रतिनिधी निकै आलोचित बन्नु परेको बताए । छिमेकी गाउँपालिकामा केहि राम्रा कामहरु पनि भएका छन् गाउँपालिका प्रमुख खत्रीले भने,‘त्यस्तै काम आफनो गाउँपालिकामा नहुदा दिनहुँ जनताबाट जनप्रतिनिधी आलोचित बन्नु परेको छ ।’
छिमेकी गाउँपालिकामा केहि निर्माण व्यवसायीले समयमा काम गर्दा जनताले जनप्रतिनिधीको जयजकार पनि गर्ने गरेका पनि छन् खत्रीले भने,‘तर आफनो गाउँपालिका जनताले दैनिक जसो गुनासो गालि खानु परेको छ ।’ निर्माण व्यवसायी सबै काम गर्ने नभएतापनि केहि निर्माण कम्पनीले जनप्रतिनिधी समेत आलोचित बन्नु पर्ने अबस्था सृजना भएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
उनले केहि निर्माण कम्पनीले उदारणिय काम गरेकाले अब काम नगर्ने तर निर्माणको जिम्मा लिने निर्माण व्यावसायीहरु सच्चीनु पर्ने बताए । निर्माण व्यवसायीको सहजताको लागि स्थानिय तहले कस्तो लचकता अपनानु पर्छ त्यसको निम्ती हामी तयार छौ नगर प्रमुख सापकोटाले भने, ‘तोकिएको समयमै गुणस्तरिय काम गर्नुुस ।’
निर्माण व्यसायीले निर्माणको जिम्मा लिएर काम ओगटने तर समयमै पुरा गर्न नसक्दा जनतालाई निकै सास्ती खेप्नु जनगुनासो आफुकहाँ आउने गरेको सापकोटाले बताए । स्थानिय तहबाट गरिने कामहरु ठूला कामको लागि उपभोक्ता समितिबाट हुननसक्ने हुँदा निर्माण व्यवसायीबाट काम गर्नु अबस्था रहेको बताए ।
उनले बिगतमा भन्दा पनि बर्तमानमा निर्माण व्यवसायी फरक तरिकाबाट तोकिएको समयमै गुणस्तरिय काम गर्न सक्छन् भन्ने गरि काम गर्नु पर्ने बेला आएको बताए ।
कार्यक्रममा रेसुङ्का नगरपालिका प्रमुख डिल्लीराज भुसाल, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा, कालिगण्डकी गाउँपालिका प्रमुख बेद मगरले निर्माण व्यवसायीले तोकिएको समयमै काम गरेर बिश्वास जित्नु पर्ने बताए । उनिहरुले निर्माण व्यवसायीसँग स्थानिय तहसँग समन्वयकारी ढंगबाट काम अगााडी बढन तयार रहेको बताएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्