दिमागको शल्यक्रियाका कारण कन्सर्टमा जान नपाएकी फ्यानकै घर पुगिन् केटी पेरी



हलिउड गायिका केटी पेरी आफ्नो अस्ट्रेलियन टुरको क्रममा आफ्नो एक फ्यानलाई सरप्राइज दिनका लागि उनको घर पुगेकी छिन्। केटी ग्रेस नामक उक्त फ्यानको दिमागको शल्यक्रिया गरिएकाले उनलाई सरप्राइज दिन उनको घर पुगेको एजेन्सीले जनाएको छ।

ती फ्यान शल्यक्रियाका कारण कन्सर्टमा पुग्न सक्ने अवस्थामा नभएकाले उनलाई भेट्न केटी आफ्नो व्यस्त सेड्युुलको बावजुद समय निकाली उनको घर पुगेको समाचारमा चर्चा गरिएको छ। समाचारमा जनाइएअनुसार केटीले उनका लागि गीत पनि गाइदिएकी थिइन्। रिपोर्ट अनुसार ग्रेसको बहिनी टियानाले केटीसँग भेट्नका लागि ट्विटरमा एक अभियान चलाएकी थिइन्। उनको ट्विटरमा २० हजार रिट्विट भएपछि केटी पेरीको समूहले उनीसँग सम्पर्क गरी भेट्ने व्यवस्था मिलाएको हो।

ग्रेसकी बहिनीले ग्रेस केटीको निकै ठूलो फ्यान भएको बताएकी छन्। ग्रेस कन्सर्टमा जाने तयारीमा थिइन् तर उनको स्वास्थ्यका कारण सहभागी हुन पाएकी थिइनन्।

 

प्रतिक्रिया दिनुहोस्